पीएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
बुधबार, २३ फागुन २०८०, ०७ : १८

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति स्पेनिस क्लब रियल सोसिडाडलाई राउन्ड अफ सिक्सटीनको दोस्रो लेगमा २–१ गोल अन्तरले पराजित गरेपछि समग्रमा ४–१ को नतिजासहित क्वाटरफाइनलमा स्थान बनाएको हो ।
पीएसजीले पहिलो लेगमा २–० ले पराजित गरेको थियो भने मंगलबार राति भएको दोस्रो लेगमा २–१ को नतिजा निकाल्न सफल भयो । पीएसजीका लागि दुवै गोल केलियन एम्बाप्पेले गरेका हुन् ।
खेलको १५ औँ मिनेटमा ओस्मन डिम्बेलेको पासमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ५६ औँ मिनेटमा ली काङको पासमा एम्बाप्पेले नै दोस्रो गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए । ८९ औँ मिनेटमा रियर सोसिडाडका लागि मिकेल मेरिनोले गोल फर्काए पनि हार टार्न पर्याप्त भएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिदेशीय टी–२० आई सिरिज: स्कटल्याण्डसँग नेपाल पराजित
-
अख्तियारद्वारा दुई कर्मचारी पक्राउ, थप दुई कर्मचारीको मोबाइल बरामद
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)
-
राजावादीको आन्दोलन मत्थर भएपछि काठमाडौँको निषेधाज्ञा फिर्ता
-
कात्तिक दोस्रो साता उपनिर्वाचन प्रस्ताव, आयोगले मिति घोषणा गर्ने
-
बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख