पीएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
बुधबार, २३ फागुन २०८०, ०७ : १८
काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति स्पेनिस क्लब रियल सोसिडाडलाई राउन्ड अफ सिक्सटीनको दोस्रो लेगमा २–१ गोल अन्तरले पराजित गरेपछि समग्रमा ४–१ को नतिजासहित क्वाटरफाइनलमा स्थान बनाएको हो ।
पीएसजीले पहिलो लेगमा २–० ले पराजित गरेको थियो भने मंगलबार राति भएको दोस्रो लेगमा २–१ को नतिजा निकाल्न सफल भयो । पीएसजीका लागि दुवै गोल केलियन एम्बाप्पेले गरेका हुन् ।
खेलको १५ औँ मिनेटमा ओस्मन डिम्बेलेको पासमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ५६ औँ मिनेटमा ली काङको पासमा एम्बाप्पेले नै दोस्रो गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए । ८९ औँ मिनेटमा रियर सोसिडाडका लागि मिकेल मेरिनोले गोल फर्काए पनि हार टार्न पर्याप्त भएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण