कांग्रेसले नयाँ गठबन्धन हुँडल्न खोज्यो, यसको कुनै अर्थ छैन : नेकपा एमाले
काठमाडौँ । एमाले नेतृत्वमा नयाँ सत्ता गठबन्धन बनेपछि नेपाली कांग्रेसले सत्ता गठबन्धनलाई हुँडल्न खोजेको बताएको छ । कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको खबर सार्वजनिक भएसँगै नेकपा एमालेका नेताहरुले कांग्रेसले ‘कार्ड’ फालेर गठबन्धन हुँडल्न खोजेको एमाले उपमहासचिव समेत रहेका नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।
‘गठबन्धनभित्र खेल्न कांग्रेसले त्यस्तो कार्ड फालेको हो । त्यसको कुनै अर्थ छैन । उसले हुँडल्न खोजिरहेको छ तर सफल हुँदैन’, नेता ज्ञवालीको भनाइ छ । त्यस्तै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पनि कांग्रेसले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको स्वीकार गरे । उनले भने, ‘प्रस्ताव आयो आएन भन्दा पनि त्यसको औचित्य महत्वपुर्ण कुरा हो । त्यसको कुनै अर्थ छैन’, गौतमले भने, ‘धेरै कुरा अघि बढिसकेको अवस्थामा अहिले त्यस्तो प्रचार गरेर कांग्रेसले परिस्थिति भड्काउन खोजेको हुनसक्छ ।’
एमाले नेतृत्वमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जसपा लगायत मिलेर नयाँ गठबन्धन बनेको छ । नयाँ गठबन्धनबाट तीन जना मन्त्री बनेका छन् । नयाँ गठबन्धनमा नेकपा एकीकृत समाजवादीलाई समेत समेट्ने प्रयास भइरहेका बेला कांग्रेस सभापति देउवा एकीकृत समाजवादीलाई विपक्षी गठबन्धनमा ल्याउन कसरत गरिरहेका छन् । सोही रणनीति अनुसार सभापति देउवा, श्रीमति आरजु देउवासहित नेता नेपालको निवास कोटेश्वर पुगेर भेटवार्ता गरेका छन् ।
यसैबीच कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले कांग्रेसले कसैलाई प्रधानमन्त्रीका लागि प्रस्ताव नगरेको बताए । ‘कांग्रेसले कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव गरेको छैन’ भानुको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण