सहकार्यका लागि नेपाललाई देउवाको प्रस्ताव, छलफल सकारात्मक
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेटेर सहकार्यको प्रस्ताव राखेका छन्। बुधबार बिहान नेपालको निवास कोटेश्वर पुगेर सभापति देउवाले आगामी दिनमा पनि सहकार्यको प्रस्ताव गरेका हुन्।
देउवा र नेपालको भेटवार्तामा सहभागी कांग्रेस प्रमुख सचेतक रमेश लेखकले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमका बारेमा केन्द्रित रहेर कुराकानी भएको बताए । नेपालसँग छलफल सकारात्मक रहेको भन्दै संवादलाई निरन्तरता दिने उनको भनाइ छ । लेखकका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक धोका दिएर गठबन्धन भत्काएको देउवा र नेपाल साझा बुझाइ थियो । गत वर्ष पुस १० मा प्रचण्डले एमालेसहितको गठबन्धन बनाउँदा नेपाल कांग्रेस नेतृत्वकै गठबन्धनमा रहेका थिए ।
सुदूरपश्चिम प्रदेशमा सरकार निर्माण, सभामुख र उपसभामुखको चुनावमा एकीकृत समाजवादीले कांग्रेसलाई साथ दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण