लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त
बुधबार, २३ फागुन २०८०, १२ : ५२

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री चौधरीले अर्थमन्त्री धनबहादुर मास्की राना र शहरी विकास मन्त्री कृष्णा केसी नमुनालाई बरखास्त गरेका हुन् ।
माओवादीका दुई मन्त्रीलाई बर्खास्त गरिएको मुख्यमन्त्री कार्यलयले पुष्टि गरेको छ। मुख्यमन्त्रीका प्रेस सल्लाहकार गोपाल भट्टराईले दुई जना मन्त्रीलाई बर्खास्त गरिएको रातोपाटीलाई बताए । केन्द्रमा समीकरण भत्किएपछि लुम्बिनीमा पनि माओवादी मन्त्रीहरुलाई सरकारबाट हटाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अक्षय र अरशदलाई उच्च अदालतबाट राहत
-
रोमाञ्चक फाइनलमा पुनरागमन गर्दै अल्काराजलाई फ्रेन्च ओपनको उपाधि
-
प्रशिक्षकप्रति विश्वास गुमेको भन्दै लेवान्डोस्कीद्वारा राष्ट्रिय टोलीबाट नखेल्ने घोषणा
-
‘यो करियर बनाउने समय हो, प्रेम गर्ने होइन’
-
सोमबार यी प्रदेशमा वर्षाको सम्भावना
-
सुनकोशी गाउँपालिकाद्वारा ज्येष्ठ नागरिकलाई सम्मान