सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
नयाँ सत्ता समीकरण

प्रधानमन्त्रीसँग छलफल गर्न हमाल र भुसालसहित माधव नेपाल बालुवाटारमा

बुधबार, २३ फागुन २०८०, १६ : ५०
बुधबार, २३ फागुन २०८०

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल सचिवालय बैठक सकिएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार हिँडेका छन् । 

सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न अध्यक्ष नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाललाई जिम्मेवारी दिएको थियो ।  प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अध्यक्षसहित नेताहरू प्रधानमन्त्री दाहालसँग वार्ता गर्न बालुवाटार पठाएको बताए । प्रधानमन्त्रीसँग स्पष्ट जिम्मेवारीसहितका विषयमा छलफल गरेपछि आउने परिणामका आधारमा निर्णय गर्ने खतिवडाको भनाइ छ । 

‘आर्थिक वृद्धि, राष्ट्रहित, भ्रष्टचार नियन्त्रण, महंगी नियन्त्रण र सन्तुलित परराष्ट्र सम्बन्धका एकपटक छलफल गरेरमात्रै निर्णय गर्ने’, बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सञ्चारकर्मीलाई जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप