नयाँ सत्ता समीकरण
प्रधानमन्त्रीसँग छलफल गर्न हमाल र भुसालसहित माधव नेपाल बालुवाटारमा
बुधबार, २३ फागुन २०८०, १६ : ५०
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल सचिवालय बैठक सकिएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार हिँडेका छन् ।
सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न अध्यक्ष नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाललाई जिम्मेवारी दिएको थियो । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अध्यक्षसहित नेताहरू प्रधानमन्त्री दाहालसँग वार्ता गर्न बालुवाटार पठाएको बताए । प्रधानमन्त्रीसँग स्पष्ट जिम्मेवारीसहितका विषयमा छलफल गरेपछि आउने परिणामका आधारमा निर्णय गर्ने खतिवडाको भनाइ छ ।
‘आर्थिक वृद्धि, राष्ट्रहित, भ्रष्टचार नियन्त्रण, महंगी नियन्त्रण र सन्तुलित परराष्ट्र सम्बन्धका एकपटक छलफल गरेरमात्रै निर्णय गर्ने’, बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सञ्चारकर्मीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण