युवतीलाई बुटवलको कपडा पसलमा काम लगाइदिने भन्दै भारत पुर्याउन व्यक्ति पक्राउ
काठमाडौं । एक युवतीलाई बुटवलको कपडा पसलमा काममा लगाईदिन्छु भन्दै भारत पुर्याई मानव बेचबिखन गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी पूर्व विनयी त्रिवेणी गाउँपालिका-३ घर भएका २५ वर्षीय जीवन भन्ने रिक मन राई छन् ।
राईले फेसबुक मार्फत चिनजान भएकी पीडितलाई रोजगारी लगाईदिने प्रलोभनमा भारतको मुजफ्फरपुरमा लगेर बन्धक बनाई राखेको अवस्थामा नेपाल फिर्ता ल्याइएको छ । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा वारदात पश्चात फरार रहेका राईलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले प्रहरी वृत्त कालिमाटीको सहयोगमा पक्राउ गरेको हो ।
मासिक ४० देखि ५० हजार रूपैयाँ तलब पाइने पसलमा काममा लगाईदिने प्रलोभन देखाई भारत मुजफ्फरपुरस्थोत मोर्डन फेसन टेड्र मार्क नामक कम्पनीमा बुझाएको, कम्पनीमा काम गर्न ७ दिने तालिम लिनु पर्छ भनि १६ हजार रूपैयाँ लिएको, तालिम सकेपश्चात कम्पनीमा लगानीको लागि जबरजस्ती १ लाख ८० हजार रूपैयाँ लिएको तथा कम्पनीको होस्टलमा बन्धक बनाई राखेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य अभियुक्तहरूको समेत प्रहरीले खोजी गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण