सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

२२ वर्षपछि निर्देशनमा फर्किँदै अनुपम

बिहीबार, २४ फागुन २०८०, १४ : ३६
बिहीबार, २४ फागुन २०८०

मुम्बई । बलिउड अभिनेता अनुपम खेरले बिहीबार आफ्नो ६९ औँ जन्मदिन मनाइरहेका छन् । यस अवसरमा उनले आफ्नो आगामी चलचित्र ‘तन्वीः द ग्रेट’को घोषणा गरेका छन् । यस फिल्मबाट अनुपम २२ वर्षपछि निर्देशनमा फर्किन लागेका हुन् ।

चलचित्रको सुटिङ ८ मार्चदेखि महाशिवरात्रिको अवसर पारेर सुरु हुनेछ । अनुपमले आफ्नै ब्यानर अनुपम खेर स्टुडियोबाट चलचित्रको निर्माण गर्नेछन् । साङ्गीतिक कथामा अनुपम पछिल्ला ३ वर्षदेखि काम गरिरहेका थिए ।

बिहीबार सामाजिक सञ्जालमा उनले एक भिडियो सेयर गरेका छन् । भिडियो सेयर गर्दै उनले लेखेका छन्, ‘तान्वीः द ग्रेट’  आज आफ्नो जन्मदिनमा गर्वका साथ चलचित्रको नाम घोषणा गर्दछु, यो चलचित्रको निर्देशन मैले आफै गर्ने निर्णय गरेको छु ।’ उनले भिडियोमा आमाको आशीर्वाद लिइरहेको देखिएको छ ।

अनुपमले आफ्नो करियरमा विभिन्न भाषाका ५ सयभन्दा बढी चलचित्रमा काम गरेका छन् । तर निर्देशकका रूपमा उनले अहिलेसम्म एउटा मात्र चलचित्र निर्देशन गरेका छन् । सन् २००२ मा उनले निर्देशन गरेको अनिल कपुर, अभिषेक बच्चन र फरदीन आन अभिनीत ‘ओम जय जगदीश’ चलचित्र नराम्रोसँग फ्लप भएको थियो । त्यसयता उनी निर्देशनबाट टाढै रहँदै आएका थिए । –दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप