२२ वर्षपछि निर्देशनमा फर्किँदै अनुपम
मुम्बई । बलिउड अभिनेता अनुपम खेरले बिहीबार आफ्नो ६९ औँ जन्मदिन मनाइरहेका छन् । यस अवसरमा उनले आफ्नो आगामी चलचित्र ‘तन्वीः द ग्रेट’को घोषणा गरेका छन् । यस फिल्मबाट अनुपम २२ वर्षपछि निर्देशनमा फर्किन लागेका हुन् ।
चलचित्रको सुटिङ ८ मार्चदेखि महाशिवरात्रिको अवसर पारेर सुरु हुनेछ । अनुपमले आफ्नै ब्यानर अनुपम खेर स्टुडियोबाट चलचित्रको निर्माण गर्नेछन् । साङ्गीतिक कथामा अनुपम पछिल्ला ३ वर्षदेखि काम गरिरहेका थिए ।
बिहीबार सामाजिक सञ्जालमा उनले एक भिडियो सेयर गरेका छन् । भिडियो सेयर गर्दै उनले लेखेका छन्, ‘तान्वीः द ग्रेट’ आज आफ्नो जन्मदिनमा गर्वका साथ चलचित्रको नाम घोषणा गर्दछु, यो चलचित्रको निर्देशन मैले आफै गर्ने निर्णय गरेको छु ।’ उनले भिडियोमा आमाको आशीर्वाद लिइरहेको देखिएको छ ।
अनुपमले आफ्नो करियरमा विभिन्न भाषाका ५ सयभन्दा बढी चलचित्रमा काम गरेका छन् । तर निर्देशकका रूपमा उनले अहिलेसम्म एउटा मात्र चलचित्र निर्देशन गरेका छन् । सन् २००२ मा उनले निर्देशन गरेको अनिल कपुर, अभिषेक बच्चन र फरदीन आन अभिनीत ‘ओम जय जगदीश’ चलचित्र नराम्रोसँग फ्लप भएको थियो । त्यसयता उनी निर्देशनबाट टाढै रहँदै आएका थिए । –दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण