सबै राजनीतिक दलहरुले जनताको आशा, विश्वास टुट्न नदिई काम गर्नुपर्छ : सांसद शर्मा
काठमाडौँ । राष्ट्रियसभा सदस्य गोपीबहादुर सार्की अछामीले सबै राजनीतिक दलहरुले जनताको आशा, विश्वास टुट्न नदिईकन काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
बिहीबारको राष्ट्रियसभाको बैठकमा बोल्दै उनले देशको अर्थतन्त्रको स्थिति र जनताको अपेक्षा, राजनीतिक परिवर्तनपछि राजनीतिक पार्टीहरुले पूरा गर्नुपर्ने थुप्रै दायित्वहरु बाँकी नै रहेको जिकिर गरे । उनले सरकारले बजेटअघि सिद्धान्त र प्राथमिकताबारे बहस, छलफलको चरण अघि बढाएको भन्दै नीति निर्माणमा जनतालाई उत्साहित गर्ने खालको र जनताको विश्वास र आशा जित्ने खालको बनाएर जान आवश्यक रहेको बताए ।
उनले भने, ‘सरकार र समीकरण बदलिएको छ । देशको अर्थतन्त्रको स्थिति र जनताको अपेक्षा, राजनीतिक परिवर्तनपछि राजनीतिक पार्टीहरुले पूरा गर्नुपर्ने थुप्रै दायित्वहरु छन्, चुनौतीहरू हाम्रा सामु छ । यी चुनौती सामना गर्न हामीले राष्ट्रिय सभामा, सबै राजनीतिक दलमा र प्रतिनिधि सभामा पनि सबैले नै जनताको आशा, विश्वास टुट्न नदिईकन हामीले एकताबद्ध ढंगले एकरुपताका साथ जानुपर्ने चुनौती र आवश्यकता छ । नयाँ बनेको सरकारले बजेटअघि सिद्धान्त र प्राथमिकताबारे बहस, छलफलको चरण पनि छ । नीति निर्माण गर्दा, जनतालाई उत्साहित गर्ने खालको, जनताको विश्वास र आशा जित्ने खालको बनाएर जानुपर्छ ।’
उनले परिवर्तनको बिचबाट नयाँ ढंगले अघि बढ्न जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण