बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सबै राजनीतिक दलहरुले जनताको आशा, विश्वास टुट्न नदिई काम गर्नुपर्छ : सांसद शर्मा

बिहीबार, २४ फागुन २०८०, १६ : १०
बिहीबार, २४ फागुन २०८०

काठमाडौँ । राष्ट्रियसभा सदस्य गोपीबहादुर सार्की अछामीले सबै राजनीतिक दलहरुले जनताको आशा, विश्वास टुट्न नदिईकन काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

बिहीबारको राष्ट्रियसभाको बैठकमा बोल्दै उनले देशको अर्थतन्त्रको स्थिति र जनताको अपेक्षा, राजनीतिक परिवर्तनपछि राजनीतिक पार्टीहरुले पूरा गर्नुपर्ने थुप्रै दायित्वहरु बाँकी नै रहेको जिकिर गरे । उनले सरकारले बजेटअघि सिद्धान्त र प्राथमिकताबारे बहस, छलफलको चरण अघि बढाएको भन्दै नीति निर्माणमा जनतालाई उत्साहित गर्ने खालको र जनताको विश्वास र आशा जित्ने खालको बनाएर जान आवश्यक रहेको बताए ।

उनले भने, ‘सरकार र समीकरण बदलिएको छ । देशको अर्थतन्त्रको स्थिति र जनताको अपेक्षा, राजनीतिक परिवर्तनपछि राजनीतिक पार्टीहरुले पूरा गर्नुपर्ने थुप्रै दायित्वहरु छन्, चुनौतीहरू हाम्रा सामु छ । यी चुनौती सामना गर्न हामीले राष्ट्रिय सभामा, सबै राजनीतिक दलमा र प्रतिनिधि सभामा पनि सबैले नै जनताको आशा, विश्वास टुट्न नदिईकन हामीले एकताबद्ध ढंगले एकरुपताका साथ जानुपर्ने चुनौती र आवश्यकता छ । नयाँ बनेको सरकारले बजेटअघि सिद्धान्त र प्राथमिकताबारे बहस, छलफलको चरण पनि छ । नीति निर्माण गर्दा, जनतालाई उत्साहित गर्ने खालको, जनताको विश्वास र आशा जित्ने खालको बनाएर जानुपर्छ ।’

उनले परिवर्तनको बिचबाट नयाँ ढंगले अघि बढ्न जरुरी रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप