संसदमा चित्रबहादुरको कटाक्ष : नाम वामपन्थी, काम खामपन्थी, यस्तो जात्रा गर्नी ?
काठमाडौँ । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले गठबन्धन भत्काउने र सरकार परिवर्तनलाई राजनीतिक जात्रा भइरहेको टिप्पणी गरेका छन् ।
बिहीबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै अध्यक्ष केसीले राजनीतिक दलहरू सत्ता स्वार्थमा लागेका कारण मुलुक चुर्लुम्म डुबेको बताए ।
उनले भने– ‘यो राजनीतिक जात्राबाट हामी सच्चिऔँ, तपाईँहरू सच्चिनु जरुरी छ । देश विदेशीहरूको क्रिडास्थल भइरहेको छ भन्ने कुरा हामीलाई थाहा छ । तर हाम्रो स्वार्थका कारण मुलुक चुर्लुम्म डुबेको छ, देश अधोगतितिर लागिरहेको छ । यो लोकतन्त्र गणतन्त्र गयो भने तपाईँहरू कहाँ बसेर उफ्रिनुहुन्छ । लोकतन्त्र गणतन्त्रविरुद्ध जनमत बढिरहेको छ, वितृष्णा फैलिरहेको छ । अब हुने प्रतिगमन तेस्रो हुन्छ त्यसलाई सच्याउन हामीले लामो कसरत गर्नुपर्छ ।’
उनले बजारमा फेरि वामपन्थीहरुको एकता भन्ने नारा लागेको भन्दै आश्चर्य व्यक्त गरे । उनले वामपन्थी भनेपछि सिद्धान्त, कार्यक्रम, आचरण प्रवृत्ति हुनुपर्दैन भन्दै प्रश्न गरे । केसीले अहिले सहकारीमा ब्रह्मलुट मच्चाउने ब्यक्तिनै मन्त्री भएर आएको बताउँदै व्यक्तिको चरित्र कस्तो छ त्यसमा मतलब नगरी कसलाई मिसाउँदा सत्ता बलियो हुन्छ त्यसमा लागेको टिप्पणी गरे ।
उनले लोकतन्त्र ल्याएपछि कहाँ कहाँ कसले गल्ती गरेको छ सच्याउन आग्रह गर्दै सक्तामा जाने र भ्रष्टाचार गर्ने प्रवृत्ति त्याग्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण