नाउपाको ग्रीन सिग्नलपछि मन्त्रीमण्डल विस्तारको कसरतमा मुख्यमन्त्री शाह

धनगढी । नेकपा (एकीकृत समाजवादी) बाहिरिएसँगै कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा झरेको छ । मुख्यमन्त्री कमल बहादुर शाह बहुमत पुर्याउन भगीरथ प्रयत्नमा छन् ।
बिहीबार अबेर रातिसम्म नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी, राप्रपा, स्वतन्त्र सांसद तारा जोशीसहितको चार पक्षबिच छलफल चल्यो ।
छलफलमा नाउपाले ग्रीन सिग्नल दिइसकेपछि मुख्यमन्त्री शाह स्वतन्त्र सांसद जोशी र राप्रपाकी एक्लो सांसद खिमादेवी विष्टमा केन्द्रित भएका छन् । तर अन्तिम समयमा खिमादेबी विष्ट केन्द्रका निर्णय पर्खिने अडानमा बसेपछि मुख्यमन्त्री शाह रोकिएका हुन् ।
अझै प्रदेश सरकारमै रहेको नाउपासहित स्वतन्त्र सांसद जोशी र राप्रपाले सहयोग गरेको अवस्थामा मुख्यमन्त्री शाहलाई सुविधाजनक बहुमत पुग्छ । राप्रपा तयारको भएको अवस्थामा आजै मन्त्रिपरिषद् विस्तार हुने कांग्रेस स्रोतले बतायो ।
उसो त मुख्यमन्त्री शाहले बिहीबार राति नै भएपनि मन्त्रिपरिषद् विस्तार गर्ने बताएपछि प्रदेश प्रमुख देवराज जोशीले आफ्नो निर्धारित कार्यक्रम स्थल अछाम नपुगी बाटोबाटै धनगढी फर्किएका थिए ।
समाजवादीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहसँग अब २६ जनाको मात्रै समर्थन छ । नेपाली काँग्रेसका १८ जना, नागरिक उन्मुक्तिका ७ र १ जना स्वतन्त्र सांसद जोशी गरी २६ जना सांसदले उनलाई समर्थन गरेका छन् । यहाँ बहुमतको सरकार बनाउन २७ सिट आवश्यक पर्ने हुँदा मुख्यमन्त्री शाह राप्रपा सांसदलाई साथमा लिन अन्तिम कसरतमा जुटेका हुन् ।
अर्कोतिर राजनीतिक बदलावसँगै बनेको एमाले माओवादी गठबन्धनलाई नाउपा बिना सरकार बनाउन बहुमत पुग्दैन ।
नयाँ गठबन्धनमा माओवादीको १० (सभामुख बाहेक), एमालेको १० र समाजवादीको ४ गरी २४ सांसद मात्र रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह
-
१० बजे, १० समाचार : तीन दलको बार्गेनिङदेखि एनआरएनएको एकता महाधिवेशनसम्म