पशुपति मन्दिरमा सशस्त्रको स्वास्थ्य सेवा
शुक्रबार, २५ फागुन २०८०, ११ : ०४
काठमाडौँ । महाशिवरात्रिको अवसरमा सशस्त्र प्रहरीले पशुपतिनाथ मन्दिर परिसरमा स्वास्थ्य सेवा सञ्चालन गरेको छ । दर्शनार्थीहरुको सुविधाका लागी हेल्पडेस्क स्थापना गरेर स्वास्थ्य सेवा सञ्चालन गरिएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता (डिएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
बिहीबारबाट सशस्त्रले पाशुपत क्षेत्रमा स्वास्थ्य सेवा सञ्चालन सुरु गरेको हो । सामान्य स्वास्थ्य समस्या भएकाहरूलाई पशुपति मन्दिर परिसरमा र थप उपचार गर्नुपरेमा एम्बुलेन्समार्फत बलम्बुस्थित एपिएफमा पठाइने छ ।
महाशिवरात्रि मेला अवधिमा पशुपतिमा १ हजार ३ सय सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण