आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पशुपति मन्दिरमा सशस्त्रको स्वास्थ्य सेवा

शुक्रबार, २५ फागुन २०८०, ११ : ०४
शुक्रबार, २५ फागुन २०८०

काठमाडौँ । महाशिवरात्रिको अवसरमा सशस्त्र प्रहरीले पशुपतिनाथ मन्दिर परिसरमा स्वास्थ्य सेवा सञ्चालन गरेको छ । दर्शनार्थीहरुको सुविधाका लागी हेल्पडेस्क स्थापना गरेर स्वास्थ्य सेवा सञ्चालन गरिएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता (डिएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।

बिहीबारबाट सशस्त्रले पाशुपत क्षेत्रमा स्वास्थ्य सेवा सञ्चालन सुरु गरेको हो । सामान्य स्वास्थ्य समस्या भएकाहरूलाई पशुपति मन्दिर परिसरमा र थप उपचार गर्नुपरेमा एम्बुलेन्समार्फत बलम्बुस्थित एपिएफमा पठाइने छ ।

महाशिवरात्रि मेला अवधिमा पशुपतिमा १ हजार ३ सय सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप