गृह मन्त्रालयका अधिकृत विमल पौडेलसँग १ लाख धरौटी माग
काठमाडौँ । अध्यागमन अधिकृत विमल पौडेलसँग अदालतले १ लाख धरौटी लिन आदेश गरेको छ । नक्कली कागजात बनाएर सेटिङमार्फत भिजिट भिसामा विदेश पठाएको आरोपमा पौडेलविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यले पौडेललाई १ लाख धरौटीमा रिहा गर्न आदेश गरेका हुन् । अदालतले तोकेको धरौटी बुझाएर उनी गृह मन्त्रालयमा हाजिर भैसकेका छन् । गृह मन्त्रालयका एक जना उच्च अधिकृतका अनुसार पौडेललाई ठोस जिम्मेवारी तोकिएको छैन, हाजिर मात्रै भएका हुन् ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा रहँदा पौडेलले भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेर आर्थिक लेनदेन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । पौडेलसहित ७ जना अधिकृतलाई जिल्ला सरकारी वकिल कार्यालयले प्रतिवादी बनाएर मुद्दा लगेको थियो ।
अध्यागमन अधिकृत नरवीर खड्का मङ्सिर २६ मा दुई लाख नगदसहित पक्राउ परे । त्यसपछि अन्य अधिकृतहरू फरार भएका हुन् । फरार हुनेमा ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विष्णु अर्याल, विकाश डङ्गोल, पीताम्बर रिमाल र सुजन फागो छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिमानी गोलसँगै पहिलो हाफमा मोरक्को १–० ले अगाडि, दबाबमा स्कटल्याण्ड
-
विश्वकप २०२६ को सबैभन्दा छिटो गोल: खेल सुरु भएको २ मिनेटमै मोरक्कोको अग्रता
-
तनहुँ जलविद्युत आयोजनाद्वारा सात योजना निर्माणाधीन
-
बेलायतको बेडफोर्डमा दुई रेल एकआपसमा ठोक्किए, १ जनाको मृत्यु, ८९ घाइते
-
अमेरिकाले रच्यो ९६ वर्ष पुरानो इतिहास, अस्ट्रेलियालाई हराउँदै नकआउट चरणमा
-
डोटीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस स्थापना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण