गृह मन्त्रालयका अधिकृत विमल पौडेलसँग १ लाख धरौटी माग
_moADJuJnx0.jpg)
काठमाडौँ । अध्यागमन अधिकृत विमल पौडेलसँग अदालतले १ लाख धरौटी लिन आदेश गरेको छ । नक्कली कागजात बनाएर सेटिङमार्फत भिजिट भिसामा विदेश पठाएको आरोपमा पौडेलविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यले पौडेललाई १ लाख धरौटीमा रिहा गर्न आदेश गरेका हुन् । अदालतले तोकेको धरौटी बुझाएर उनी गृह मन्त्रालयमा हाजिर भैसकेका छन् । गृह मन्त्रालयका एक जना उच्च अधिकृतका अनुसार पौडेललाई ठोस जिम्मेवारी तोकिएको छैन, हाजिर मात्रै भएका हुन् ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा रहँदा पौडेलले भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेर आर्थिक लेनदेन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । पौडेलसहित ७ जना अधिकृतलाई जिल्ला सरकारी वकिल कार्यालयले प्रतिवादी बनाएर मुद्दा लगेको थियो ।
अध्यागमन अधिकृत नरवीर खड्का मङ्सिर २६ मा दुई लाख नगदसहित पक्राउ परे । त्यसपछि अन्य अधिकृतहरू फरार भएका हुन् । फरार हुनेमा ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विष्णु अर्याल, विकाश डङ्गोल, पीताम्बर रिमाल र सुजन फागो छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज दुई संसदीय समितिको बैठक बस्दै
-
ईयूसँगको ट्यारिफसम्बन्धी वार्ताका लागि समय सीमा बढाउन ट्रम्प सहमत
-
‘हिमाली जिल्लाका लुलु गाई संरक्षणतर्फ ध्यान पुगेको छैन’
-
एसईईमा समावेश हुनका लागि रजिस्ट्रेसन फाराम भर्ने म्याद पुनः थप
-
भवन जीर्ण हुँदा बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई समस्या
-
आकाशबाट यस्तो देखियो बलम्बु फ्लाइओभर