कबड्डी सुपर लिगमा आर्मी र पुलिस च्याम्पियन
काठमाडौँ । नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले कबड्डी सुपर लिग प्रतियोगिताको उपाधि जितेका छन् ।
नेपाल कबड्डी संघको आयोजनामा शुक्रबार सम्पन्न प्रतियोगितामा पुलिसले महिलातर्फ र आर्मीले पुरुषतर्फ कबड्डी लिगको उपाधि जितेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) को कभर्डहलमा सम्पन्न फाइनलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ४०–१३ स्कोरको फराकिलो अन्तरले हराउँदै उपाधि जित्यो । पुरुषतर्फ पनि सशस्त्र प्रहरी बलको एपिएफ टोली उपाधि जित्न असफल रह्यो । एपिएफ फाइनलमा विभागीय प्रतिद्वन्द्वी आर्मीसँग ३४–२४ स्कोरको अन्तरले पराजित हुन पुग्यो ।
विजेता पुलिस र आर्मीले २५ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्यो । एपिएफको महिला र पुरुष दुवै टोलीले १५ हजार रुपैयाँ नगद पुरस्कार चित्त बुझाउनु प¥यो । बुधवारदेखि भएको शुरु भएको दुईदिने प्रतियोगितामा पुरुषतर्फm आर्मीका प्रदीप मिजार र महिलामा मानमति बिष्ट उत्कृष्ट खेलाडी घोषित भए । दुवै ट्रफी प्राप्त गरे । उनी गत १९औं एशियाली खेलकुदमा नेपालको महिला कबड्डी टोलीले कांस्य पदक जित्दाकी सदस्यसमेत हुन् । महिलामा पुलिस, एपिएफ र उपत्यकाले प्रतिस्पर्धा गरेका थिए ।
पुरुषमा आर्मी, एपिएफ, नेपाल पुलिस र उपत्यकाले प्रतिस्पर्धा गरेका हुन् । पुरुष र महिला दुवैमा लिगको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गरेका हुन् । प्रतियोगिताका विजेतालाई नेपाल कबड्डी संघका अध्यक्ष तुल्सी थापा र संघका महासचिव अरविन्दकुमार झाले पुरस्कृत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण