यामालको गोलमा बार्सा दोस्रो स्थानमा
शनिबार, २६ फागुन २०८०, ०५ : ५९
क्याम्प नाउ । मार्योकालाई हराउँदै बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा बार्साले १–० को सङ्घर्षपूर्ण जीत हासिल गरेको हो ।
टोलीको जीतमा युवा विंगर लामिन यामालले गरेको एक मात्र गोल निर्णायक बन्यो । उनले ७३ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीको पासमा गोल गर्दै बार्सालाई महत्त्वपूर्ण तीन अङ्क दिलाए । यसअघि पहिलो हाफमा इल्के गुन्डोगानले पेनाल्टीबाट टोलीलाई अग्रता दिलाउन अवसरबाट चुकेका थिए । दोस्रो हाफमा १६ वर्षीय यामालको प्रहार पोस्टमा लागेको थियो ।
जीतपछि बार्साले शीर्ष स्थानमा रहेको रियल मड्रिडसँगको दुरी ५ अंकमा झारेको छ । २८ खेलबाट टोलीको ६१ अङ्क रहेको छ । एक खेल कम खेलेको रियल ६६ अंकसहित शीर्ष स्थानमा छ । तेस्रो स्थानमा ५९ अंकसहित जिरोना छ । जिरोनाले पनि बार्साभन्दा एक खेल कम खेलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण