यामालको गोलमा बार्सा दोस्रो स्थानमा
शनिबार, २६ फागुन २०८०, ०५ : ५९

क्याम्प नाउ । मार्योकालाई हराउँदै बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा बार्साले १–० को सङ्घर्षपूर्ण जीत हासिल गरेको हो ।
टोलीको जीतमा युवा विंगर लामिन यामालले गरेको एक मात्र गोल निर्णायक बन्यो । उनले ७३ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीको पासमा गोल गर्दै बार्सालाई महत्त्वपूर्ण तीन अङ्क दिलाए । यसअघि पहिलो हाफमा इल्के गुन्डोगानले पेनाल्टीबाट टोलीलाई अग्रता दिलाउन अवसरबाट चुकेका थिए । दोस्रो हाफमा १६ वर्षीय यामालको प्रहार पोस्टमा लागेको थियो ।
जीतपछि बार्साले शीर्ष स्थानमा रहेको रियल मड्रिडसँगको दुरी ५ अंकमा झारेको छ । २८ खेलबाट टोलीको ६१ अङ्क रहेको छ । एक खेल कम खेलेको रियल ६६ अंकसहित शीर्ष स्थानमा छ । तेस्रो स्थानमा ५९ अंकसहित जिरोना छ । जिरोनाले पनि बार्साभन्दा एक खेल कम खेलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर