इटालियन सिरी ‘ए’ फुटबलमा नापोली र टोरिनोले अंक बाँडे
शनिबार, २६ फागुन २०८०, ०७ : ५३

काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा नापोली र टोरिनोले अंक बाँडेका छन् । गए राति भएको खेलमा दुवै टिमले एक एक गोलको बराबरी खेल्दै तालिकमा एक एक अंक लिएका हुन् ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नापोलीले ६१ औं मिनेट गोल गरेको थियो । नापोलीका कविचा क्वारात्सखेलियालले गोल गर्दै खेललाई अग्रता दिलाएका हुन् । तर, त्यसको ३ मिनेटमै टोरिनोले बराबरी गोल फर्काएको थियो । ६४ औं मिनेटमा टोरिनोको लागि अर्नाल्डो सानाब्रियाले गोल गरेपछि खेल एक एकको बराबरीमा आएको थियो ।
त्यसपछि बाँकी समयमा थप गोल नहुँदा दुबै टोलीले एक एक अंक बाँडे । बराबरीसँगै जारी सिजन ८ खेलमा बराबरी गरेको नापोली २८ खेलबाट ४४ अंकसति तालिकाको सातौँ स्थानमा रहेको छ । उसले १२ खेलमा जित र ८ खेलमा पराजय ब्यहोरेको छ । यता, समाना खेलबाट ३८ अंक जोडेको टोरिनो १०औँ स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता
-
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा
-
देशको नाम उच्च राख्न खेलाडीको महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री लामा