इटालियन सिरी ‘ए’ फुटबलमा नापोली र टोरिनोले अंक बाँडे
शनिबार, २६ फागुन २०८०, ०७ : ५३
काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा नापोली र टोरिनोले अंक बाँडेका छन् । गए राति भएको खेलमा दुवै टिमले एक एक गोलको बराबरी खेल्दै तालिकमा एक एक अंक लिएका हुन् ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नापोलीले ६१ औं मिनेट गोल गरेको थियो । नापोलीका कविचा क्वारात्सखेलियालले गोल गर्दै खेललाई अग्रता दिलाएका हुन् । तर, त्यसको ३ मिनेटमै टोरिनोले बराबरी गोल फर्काएको थियो । ६४ औं मिनेटमा टोरिनोको लागि अर्नाल्डो सानाब्रियाले गोल गरेपछि खेल एक एकको बराबरीमा आएको थियो ।
त्यसपछि बाँकी समयमा थप गोल नहुँदा दुबै टोलीले एक एक अंक बाँडे । बराबरीसँगै जारी सिजन ८ खेलमा बराबरी गरेको नापोली २८ खेलबाट ४४ अंकसति तालिकाको सातौँ स्थानमा रहेको छ । उसले १२ खेलमा जित र ८ खेलमा पराजय ब्यहोरेको छ । यता, समाना खेलबाट ३८ अंक जोडेको टोरिनो १०औँ स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण