दक्षिण कोरियामा माछा मार्ने डुङ्गा पल्टिँदा ६ जना बेपत्ता
सियोल । इन्डोनेसियाली नागरिकसहित नौ जना सवार दक्षिण कोरियाली माछा मार्ने डुङ्गा शनिवार देशको दक्षिणी तटमा पल्टिँदा ६ जना बेपत्ता भएको स्थानीय अधिकारीले बताएका छन् ।
दक्षिण कोरियाली योनहाप समाचार संस्थाका अनुसार २९ टन क्षमताको डुङ्गा शनिवार बिहान तटीय शहर तोङयोङको एक टापुबाट ६८ किलोमिटर दक्षिणमा समुद्रमा पल्टिएको थियो ।
कोरिया कोस्ट गार्डको टोङयोङ कार्यालयले एएफपीलाई दिएको जानकारीअनुसार चालक दलका तीन सदस्यलाई उद्धार गरिएको छ तर सबै अचेत अवस्थामा छन् ।
“हामी अझै पनि हराइरहेका छ जनाको खोजी गरिरहेका छौं,” सरकारी अधिकारी ली हो–जुनले भने । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले सम्बन्धित अधिकारीहरूलाई ‘नौसेना र माछा मार्ने डुङ्गाहरू सहित सबै उपलब्ध कर्मचारी र उपकरणहरू परिचालन गरेर जीवन बचाउन सक्दो प्रयास गर्न’ निर्देशन दिएका छन् ।
योनहापका अनुसार डुङ्गा बिहीबार बिहान देशको दक्षिणी टापु जेजुबाट छुटेको र त्यसपछि माछा मार्ने काममा व्यस्त थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण