गुल्मीमा माओवादी केन्द्रका दुई नेता एमालेमा प्रवेश
गुल्मी । गुल्मीमा नेकपा माओवादी केन्द्रबाट २ जना गाउँ कमिटी अध्यक्ष एमालेमा प्रवेश गरेका छन् । शनिवार नेकपा माओवादी केन्द्र मुसिकोट नगर कमिटी अध्यक्ष युवराज खरेल र चन्द्रकोट गाउँ कमिटी अध्यक्ष नवीन केसी एमालेमा प्रवेश गरेका हुन् ।
एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले उनीहरूलाई एमालेमा स्वागत गरेका छन् । लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ लुम्बिनी प्रदेश कमिटीको दोस्रो अधिवेशनको कार्यक्रममा उनीहरूलाई एमाले उपाध्यक्ष बादल सहितका केन्द्रीय नेताले एमालेमा स्वागत गरेका हुन् । एमाले प्रवेश गर्दै चन्द्रकोट गाउँ कमिटीका अध्यक्ष केसीले कम्युनिस्ट शक्ति एक हुनुको विकल्प नरहेको बताए । त्यसैका लागि आफू एमालेमा प्रवेश गरेको उनले बताए।
उता माओवादी केन्द्र गुल्मीका सचिव अशोक थापाले एमाले प्रवेश गरेका खरेल र केसी पछिल्लो समय पार्टीमा निस्क्रिय रहेको रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण