नयाँ सरकारबाट विकास र समृद्धिको यात्रा अघि बढ्छ : उपाध्यक्ष थापा
गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री रामबहादुर थापाले वर्तमान सरकारबाट विकास र समृद्धिको यात्रा अघि बढ्ने बताएका छन् । आजदेखि गुल्मीको सदरमुकाम तम्घासमा सुरु भएको लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपाल लुम्बिनी प्रदेश कमिटीको दोस्रो अधिवेशनमा उनले नयाँ गठबन्धन सरकारले वडा तहदेखि नै समृद्धिको अभियान अघि जिकिर दाबी गरे ।
मुलुक यतिबेला राजनीतिक, आर्थिक, सामाजिकलगायतका सङ्कटको भूमरीबाट अघि बढिरहेको भन्दै उपाध्यक्ष थापाले आर्थिक सङ्कटबाट मुक्त गर्न अब विकासको आन्दोलन चलाउनुपर्नेमा जोड दिए । त्यसका लागि वर्तमान गठबन्धन अनुकूल समय बनेको उनको भनाइ थियो ।
एमाललेले तय गरेको मिसन–८४ को अभियानलाई सफल बनाउन आदिवासी जनजातिको निर्णायक भूमिका रहेको उनले बताए । त्यसका लागि एमालेलाई एकल बहुमत दिलाइ प्रमुख राष्ट्रिय शक्तिको रूपमा स्थापित गरेर सत्तामा पुर्याउन अहिलेदेखि नै महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा उनले जोड दिए ।
उपाध्यक्ष थापाले एमालेले नयाँ खालको संस्कार र शैली स्थापित गर्नका लागि नयाँ गठबन्धनमा महत्त्वपूर्ण मन्त्रालय नलिएको बताए । सरकार परिवर्तनपछि स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्म नयाँ नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने उनको भनाइ थियो ।
एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले एमाले सत्ता र पदका लागि भन्दा पनि राष्ट्रिय सङ्कट समाधानका लागि नयाँ गठनन्धन गरेर सरकारका सहभागी भएको बताए । लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपाल लुम्बिनी प्रदेशको दोस्रो अबिधेशनका लागि गुल्मीमा बाह्र जिल्लाका प्रतिनिधि एवं पर्यवेक्षकको सहभागिता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
-
विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो
-
राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएन : अध्यक्ष विश्वकर्मा
-
३ देश, ४८ टोली र नयाँ नियमसहित इतिहासकै सबैभन्दा ठुलो फुटबल महोत्सव
-
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण