चेक रिपब्लिककी क्रिस्टिनालाई ‘मिस वर्ल्ड २०२४’को उपाधि
आइतबार, २७ फागुन २०८०, ०७ : ५१
काठमाडौँ । ७१ औं संस्करणको ‘मिस वर्ल्ड २०२४’को उपाधि चेक रिपब्लिककी क्रिस्टिना पिजकोवाले जितेकी छन् । शनिबार साँझ भारतको मुम्बईस्थित जियो वर्ल्ड कन्वेन्सन सेन्टरमा सम्पन्न प्रतियोगितामा पिजकोवाले उपाधि जितेकी हुन् ।
क्रिस्टिनालाई ‘मिस वर्ल्ड २०२३’ पोल्याण्डकी करोलिना विलावस्काले ताज पहिराइदिइन् । प्रतियोगितामा लेबनानकी यास्मिना फस्ट रनअप भइन् ।प्रतियोगिताको उत्कृष्ट चारमा मिस त्रिनिदाद एण्ड टोबैगो, मिस बोत्सवाना, मिस चेक रिपब्लिक र मिस लेबनान पुगेका थिए ।
यसपटकको प्रतियोगितामा १२ निर्णायक थिए । भारतमा २८ वर्षपछि यो प्रतियोगिता भएको हो । प्रतियोगिताको होस्ट करण जोहर र फिलिपिन्सकी मिस वर्ल्ड २०१३ मेगन यङ थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण