स्थापना दिवस मनाउन पोखराले दियो आधा दिन सार्वजनिक बिदा
आइतबार, २७ फागुन २०८०, ०८ : २३
पोखरा । पोखरा महानगरपालिका अन्तर्गतका सबै कार्यालय आज दिउँसो १ बजेपछि बन्द हुने भएका छन् । महानगर स्थापना दिवस मनाउनका लागि कार्यालयमा आधा दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।
पोखरा महानगर स्थापना भएको ७ वर्ष पुगेको छ । प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले सूचना जारी गरी १ बजेपछि महानगर सहित महाशाखा र वडा कार्यालयहरूमा बिदा दिइएको बताए ।
स्थापना दिवसको अवसर पारेर पोखराले पोखरा भवन र खुइखेत खोला पुलको शिलान्यास गर्न लागेको छ । महागरले पोखराको चिनारी बढाउनका लागि पृथ्वीचोकमा पोखरा घर बनाउन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण