केनको ह्याट्रिकमा बायर्नद्वारा विपक्षीको पोस्टमा ८ गोल
म्युनिख । ह्यारी केनको ह्याट्रिकको मद्दतले बायर्न म्युनिखले माइन्जमाथि शानदार जीत हासिल गरेको छ । शनिबार राति भएको खेलमा बायर्न ८–१ को विशाल अन्तरले विजयी बनेको हो ।
केनले खेलको १३ औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफको इन्जुरी समय र दोस्रो हाफमा एक–एक गोल थप्दै आफ्नो ह्याट्रिक पुरा गरे । बुन्डेस लिगाका २५ खेलमा उनले आफ्नो गोल सङ्ख्या ३० पुर्याएका छन् । केन आफ्नो डेब्यू सिजनमा चारवटा ह्याट्रिक गर्ने पहिलो खेलाडी पनि बनेका छन् ।
बायर्नको जीतमा लियोन गोरटेज्काले दुई तथा थोमस मुलर, जमाल मुसियाला र सर्जी ग्नाब्रीले एक–एक गोल गरे । माइन्जका लागि नदिम अमिरीले सान्त्वना गोल गरे ।
बायर्न लगातार १२ औँ पटक लिग उपाधि जित्ने प्रयासमा छ । तर, यो सिजन ज्याबी ओलोन्सोको बायर लेभरक्युजनले उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थानमा पकड बनाएको छ । आजको जीतपछि पनि बायर्न लेभरक्युजनभन्दा ७ अङ्कले पछि छ । जबकि लेभरक्युजनले एक खेल कम खेलेको छ ।
२५ खेलपछि बायर्नको ५७ अङ्क छ । २४ खेलबाट लेभरक्युजनले ६४ अङ्क बटुलेको छ । माइन्ज १६ अङ्कसहित रेलिगेजन क्षेत्रमा रहेको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण