बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
फिल्म

‘उपहार’ र ‘रङ्गेली’को कस्तो रह्यो ओपनिङ व्यवसाय ?

आइतबार, २७ फागुन २०८०, ११ : २५
आइतबार, २७ फागुन २०८०

काठमाडौँ । गत शुक्रवार नेपाली फिल्म ‘काँडेतार’, ‘उपहार’ र ‘रंगेली’ एकसाथ प्रदर्शनमा आए । फ्राइडे रिलिज अन्तर्गत प्रदर्शनमा आएका तीन फिल्मको व्यवसाय भने एकनास हुन सकेन ।  तीन मध्य ‘काँडेतार’ले हलले शो कम उपलब्ध गराएको भन्दै शनिवार नै फिल्म उतार्ने निर्णय गरिसकेको छ । अन्य दुई फिल्मले भने शुक्रवार र शनिवार फिल्मको व्यवसाय राम्रो भएको दाबी गरेका छन् । 

ज्ञानेन्द्र देउजा निर्देशित फिल्म उपहारले शुक्रवार र शनिवार दर्शकको साथ राम्रो पाएको दाबी गरेको छ । शुक्रवार र शनिवार राजधानीका सिभिल मल, अष्टनारायण हल, एफक्यूब, लबिम मल, बिग मुभिज,  बिएसआर लोत्से मल नेपालगञ्ज लगायतमा दर्शकको साथ राम्रो रहेको निर्देशक देउजाले बताए । देउजाका अनुसार शुक्रवार भन्दा शनिवार धेरै हलमा हाउसफूलको दर्शक रहेका थिए । फिल्मको दर्शक प्रतिक्रिया समेत राम्रो रहेको देउजाको भनाइ छ ।

फिल्मबारे दर्शक प्रतिक्रिया बुझ्न अभिनेत्री बेनिशा हमाल, पूजा शर्मा, मुकुन भुसाल लगायतको टिम शुक्रवार र शनिवार उपत्यकाका विभिन्न हल पुगेका थिए । 

फिल्ममा रेखा थापा, पूजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायतको अभिनय छ ।

त्यस्तै शुक्रवार नै रिलिज भएको फिल्म ‘रङ्गेली’ले पनि आफूलाई दर्शकको साथ मिलेको दाबी गरेको छ । निर्देशक अर्जुन सुवेदीले फिल्ममा शुक्रवार भन्दा शनिवार राम्रो दर्शक रहेको बताए । सुवेदीका अनुसार शुक्रवार र शनिवार फिल्मको ७० प्रतिशत माथिको अकुपेन्सी रहेको छ । माउथ पब्लिसिटीका कारण फिल्मको दर्शक आजबाट झन् बढ्ने उनले सुनाए ।

शनिवार काठमाडौँको बिग मुभिजमा फिल्मको तर्फबाट अभिनेता अर्पण थापा दर्शकसँग प्रतिक्रिया लिन पुगेका थिए ।

निर्माण युनिटले शनिवार बिग मुभिजमा सेलिब्रेटी शो समेत राखेको थियो । जसमा वरिष्ठ अभिनेता सरोज खनाल, अभिनेत्री केकी अधिकारी, अभिनेता प्रमोद अग्रहरी, निर्देशक तथा अभिनेत्री दीपा श्री निरौला लगायत पुगेका थिए । 

फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रविण खतिवडा लगायतको मुख्य भूमिका छ । जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा कार्यकारी निर्माता रहेको फिल्ममा संसार चौलागाईं, रमेश भट्टराई निर्माता रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप