विद्यार्थीलाई गोली हान्ने शिक्षक निलम्बित
ढाका । बङ्गलादेशमा मेडिकल कलेजका एक जना शिक्षकलाई निलम्बन गरिएको छ । कक्षामा पढाई भइरहेको समयमा भनाभन भएपछि शिक्षकले बन्दुक निकालेर आफ्नै विद्यार्थीको घुँडामा गोली हानेका थिए । राइहान शरिफ उत्तर–पश्चिम बंगलादेशको सिराजगञ्जस्थित एक मेडिकल कलेजका लेक्चरर हुन् । कक्षाकोठामा विद्यार्थीमाथि गोली हानेको दुई दिनपछि उनलाई निलम्बित गरिएको समाचारमा जनाइएको छ ।
स्थानीय सञ्चार माध्यमका अनुसार यो घटना गएको सोमबारको हो । त्यतिबेला डा. शरिफले विद्यार्थीहरूको मौखिक परीक्षा लिइरहेका थिए । अरफात अमिन तोमाल नाम गरेका २३ वर्षका एक विद्यार्थीसँग उनको चर्काचर्की भयो । रिसको झोका उनले बन्दुक निकालेर विद्यार्थीको दाहिने घुँडामा बन्दुक हाने । तर सौभाग्यले गोलीले उनलाई गम्भीर चोट लागेन । यो घटना भएको समयमा कक्षामा ४५ जना विद्यार्थी थिए । प्रहरी नआइपुग्दासम्म विद्यार्थीहरुले नै शरिफलाई कक्षा कोठामा थुनेर राखे । अनि आफ्नो सहपाठीको मद्दत पनि गरे ।
प्रहरीले खनतलासीको क्रममा शरिफको झोलाबाट एउटा बन्दुक, एक थान पेस्तोल, ८१ ओटा गोली र चार ओटा म्याजिन, २ ओटा चक्कु र १० ओटा ड्र्यागर भेटेका थिए । शरिफले अरु बेलामा पनि विद्यालय आउँदा बन्दुक ल्याउने गरेका थिए । उनले बेला बेलामा साथमा भएका हतियारहरु देखाउने गरेको प्रहरीले विज्ञप्तिमा भनेको छ । शरिफलाई तत्कालै बर्खास्त गर्नु पर्ने भन्दै कलेजका विद्यार्थीहरूले प्रदर्शन पनि गरेका थिए । शरिफ अझै पनि प्रहरी हिरासतमै छन् । कक्षा कोठामा गोली चलाएको घटनाबारे उनीमाथि छानबिन भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण