नेप्सेमा सुखद सुरुवात : २२ अंकले बढ्दा २ अर्ब ९२ करोडको कारोबार
काठमाडौँ । साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्सेले २२ अंकमाथिको वृद्धि हुँदै सुखद शुरुवात गरेको छ । त्यसो अघिल्लो हप्तादेखि नै उकालो लाग्न थालेको नेप्से सूचक आज २२.१० अंकले बढ्दै २ हजार ५२.६५ अंकमा उक्लिएको हो ।
आज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.२६ अंकले बढ्दै ३६४.५३ अंकमा उक्लिएको छ । २२ अंकमाथिले नेप्से बढेको यसदिन २ अर्ब ९२ करोड २७ लाख रुपैयाँ माथिको ७० लाख ४३ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।
आज हाइड्रोपावर समूहको उपसूचक बाहेक अरु १२ वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक आज ४.२१ प्रतिशतले बढेको छ भने अरु समूहको उपसूचक २ प्रतिशत कमले बढेका छन् । तर हाइड्रोपावर समूहको उपसूचक भने आज ०.१२ प्रतिशतले घट्न पुगेको छ ।
आज वीयन नेपाल लघुवित्त वित्तीय संस्था र जालपा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने चिरखायु हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ७.०६ प्रतिशतले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण