सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
सेयर बजार

नेप्सेमा सुखद सुरुवात : २२ अंकले बढ्दा २ अर्ब ९२ करोडको कारोबार

आइतबार, २७ फागुन २०८०, १५ : ५८
आइतबार, २७ फागुन २०८०

काठमाडौँ । साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्सेले २२ अंकमाथिको वृद्धि हुँदै सुखद शुरुवात गरेको छ । त्यसो अघिल्लो हप्तादेखि नै उकालो लाग्न थालेको नेप्से सूचक आज २२.१० अंकले बढ्दै २ हजार ५२.६५ अंकमा उक्लिएको हो । 

आज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.२६ अंकले बढ्दै ३६४.५३ अंकमा उक्लिएको छ ।  २२ अंकमाथिले नेप्से बढेको यसदिन २ अर्ब ९२ करोड २७ लाख रुपैयाँ माथिको ७० लाख ४३ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ । 

आज हाइड्रोपावर समूहको उपसूचक बाहेक अरु १२ वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक आज ४.२१ प्रतिशतले बढेको छ भने अरु समूहको उपसूचक २ प्रतिशत कमले बढेका छन् । तर हाइड्रोपावर समूहको उपसूचक भने आज ०.१२ प्रतिशतले घट्न पुगेको छ । 

आज वीयन नेपाल लघुवित्त वित्तीय संस्था र जालपा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने चिरखायु हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ७.०६ प्रतिशतले घटेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप