प्रभावकारी रूपमा काम गर्न पर्यटन प्रवर्द्धकहरुलाई आग्रह
काठमाडौँ । विभिन्न देशका लागि पर्यटन प्रवर्द्धक नियुक्त भएकाहरूका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै विभागीय मन्त्री हितबहादुर तामाङले पर्यटन प्रवर्द्धकहरुलाई सफल कार्यकालको शुभकामना दिँदै देशको हितमा काम गर्न आग्रह गरे । नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै आफ्नो कार्यक्षेत्र भएको देशमा गएर नेपालको बारेमा प्रचार प्रसार गर्न उनले आग्रह गरे ।
यस्तै मन्त्रालयका सचिव दीपक काफ्लेले देशको पर्यटन प्रवर्धनमा हालै नियुक्त भएका पर्यटन प्रवर्द्धकहरुले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
नवनियुक्ति पर्यटन प्रवर्द्धकको तर्फबाट धारणा राख्दै सोमनाथ सापकोटाले आफू निरन्तर नेपालको पर्यटन प्रवर्द्धनमा लागिपरेको भन्दै अहिलेको थप सक्रियता बढाउने बताए । बेलायतको वेल्सका लागि पर्यटन प्रवर्द्धक नियुक्त भएका उनले आफ्नो तर्फबाट भावी योजना समेत सुनाएका थिए ।
सो अवसरमा पर्यटन प्रवर्द्धकहरुलाई नियुक्तपत्रका साथै परिचयपत्रलगायत हस्तान्तरण गरिएको थियो । कार्यक्रममा भौतिक रूपमा उपस्थित हुन नसकेका पर्यटन प्रवर्द्धकहरुलाई अनलाइनमाध्यमबाटै अभिमुखीकरणको व्यवस्था मिलाइएको थियो ।
निवर्तमान पर्यटनमन्त्री सुदन किरातीको पालामा मन्त्रालयले विभिन्न देश तथा सहरमा २९ जना पर्यटन प्रवर्द्धक नियुक्त गरेको थियो । जसअनुसार कतारका लागि राजेन्द्रकुमार शर्मा, न्युयोर्क अमेरिकाका लागि गोकुल श्रेष्ठ, टोकियो जापानका लागि रामहरि पुडासैनीलगायत नियुक्त भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण