सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
न्यायालय

दुर्गा प्रसाईंको मुद्दालाई अग्राधिकार, चैत ४ गते पेसी

आइतबार, २७ फागुन २०८०, १८ : ५७
आइतबार, २७ फागुन २०८०

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको मुद्दालाई सर्वोच्च अदालतले अग्राधिकार दिएको छ । आइतबार न्यायाधीशद्वय कुमार रेग्मी र विनोद शर्माको इजलासले दुर्गा प्रसाई‌ंलगायतको मुद्दालाई अग्राधिकार दिने आदेश गरेको हो । 

मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट एलओसी पाएर संरचना निर्माण गरे पनि सरकारले अनुमति नदिएको भन्दै झापाको बीएन्डसी मेडिकल कलेजको तर्फबाट व्यवसायी दुर्गा प्रसाईंले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमाथि आइतबार भएको सुनुवाइमा उक्त मुद्दा छिटो निरूपण गर्नुपर्ने प्रकृतिको देखिएको भन्दै चैत ४ गतेका लागि पेसी तोक्न आदेश भएको हो ।

431298170_297446680027655_2979656555159391689_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप