न्यायालय
दुर्गा प्रसाईंको मुद्दालाई अग्राधिकार, चैत ४ गते पेसी
आइतबार, २७ फागुन २०८०, १८ : ५७
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको मुद्दालाई सर्वोच्च अदालतले अग्राधिकार दिएको छ । आइतबार न्यायाधीशद्वय कुमार रेग्मी र विनोद शर्माको इजलासले दुर्गा प्रसाईंलगायतको मुद्दालाई अग्राधिकार दिने आदेश गरेको हो ।
मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट एलओसी पाएर संरचना निर्माण गरे पनि सरकारले अनुमति नदिएको भन्दै झापाको बीएन्डसी मेडिकल कलेजको तर्फबाट व्यवसायी दुर्गा प्रसाईंले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमाथि आइतबार भएको सुनुवाइमा उक्त मुद्दा छिटो निरूपण गर्नुपर्ने प्रकृतिको देखिएको भन्दै चैत ४ गतेका लागि पेसी तोक्न आदेश भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण