आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कोका–कोलाको सक्षम तालिमको तेस्रो संस्करण सुरु

आइतबार, २७ फागुन २०८०, २१ : ०२
आइतबार, २७ फागुन २०८०

काठमाडौँ । कोका–कोलाको महिला उद्यमी सशक्तीकरण पहल अन्तर्गतको ʻसक्षम’ तालिमको तेस्रो संस्करण सुरु भएको छ । कम्पनीले विगत २ वर्ष देखि महिला उद्यमशीलतालाई प्रवर्धन गर्ने उद्देश्यले सक्षम तालिम सञ्चालन गरिरहेको छ ।  

सक्षमले साना तथा मझौला व्यवसायमा संलग्न महिला उद्यमीहरूको क्षमता अभिवृद्धि गर्न एक महत्त्वपूर्ण प्लेटफर्मको रूपमा काम गर्दै आइरहेको छ । सक्षमले नयाँ ज्ञान प्रदान गर्नुका साथै समस्या समाधानको उपायहरू पनि महिला उद्यमीलाई दिँदै आइरहेको छ । यस बारेमा बोल्दै बोटलर्स नेपाल लिमिटेडका दीपक सेन्थिल नाथले भने, “सक्षमले महिला उद्यमीहरूको सीप बढाउन मात्र नभई उनीहरूको आत्मविश्वास बढाउन र समान विचार भएका महिलाहरूबिच सञ्जाल बनाउन पनि महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । सक्षम तेस्रो वर्षमा प्रवेश गर्दै गर्दा हामी समाजमा समावेशी व्यापारको वातावरण सिर्जना गर्न प्रतिबद्ध छौँ ।” 

सक्षम तेस्रो संस्करणको प्राथमिक उद्देश्य भनेको महिलाहरूलाई सशक्तीकरण गरी व्यावसायिक सीपहरू अभिवृद्धि गर्ने र देश विकासका लागि अनुकूल वातावरण बनाउने हो । पहिलाको संस्करणहरूमा झैँ यस संस्करणमा पनि कोका –काला नेपालको टिमले चयन गरेका १,००० जना महिला उद्यमीहरूलाई तालिम प्रधान गर्ने कम्पनीले जानकारी दिएको छ ।   कोका–कोला नेपालको यस पहल विशेष गरी व्यवसाय र खानपान व्यवसायमा संलग्न महिला उद्यमीहरूमा लक्षित हुनेछ ।

देशको पहाडी क्षेत्र र पश्चिमी भागका सहरी र ग्रामीण क्षेत्रहरू केन्द्रित सक्षमले सबै क्षेत्रका महिला उद्यमीहरूलाई आवश्यक स्रोतसाधनमा पहुँच पुर्‍याउने लक्ष्य राखेको छ । सक्षमको यस तेस्रो संस्करण सन् २०२४ को अन्त्यसम्म देश भरिका विभिन्न स्थानहरूमा आगामी ९ महिना सम्म सञ्चालन हुनेछ । 

यो कार्यक्रम फागुन २७ गते “महिला सशक्तीकरण, सफलतामा लगानी “सम्बन्धी एकदिवसीय प्यानल छलफलबाट सुरु भएको थियो, जसमा उद्यमशील पृष्ठभूमिका महिलाहरू सहभागी थिए । देश भरका १,००० महिलाहरूलाई ४ महिना सम्म तालिम प्रदान गरिने यस कार्यक्रमको पहिलो ३ महिना एक्सिलिरेटर र मेन्टरसीप कार्यक्रम हुनेछ जहाँ नेतृत्व, आतिथ्य व्यवस्थापन, डिजिटल मार्केटिङ, वित्तीय साक्षरता, स्वोट एनालाइसेस सम्बन्धी प्रशिक्षण प्रदान गरिनेछ । सक्षम तेस्रो संस्करण कोका–कोला र एटेलियर प्लेटफर्म प्राइभेट लिमिटेडले संयुक्त रूपमा सञ्चालन गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप