पोप फ्रान्सिसको भनाइबाट युक्रेन आक्रोशित
सोमबार, २८ फागुन २०८०, ०७ : ५९
कीएभ । युक्रेनले पोप फ्रान्सिसको अपिल अस्वीकार गरेको छ। पोपले युक्रेनलाई विगत दुई वर्षदेखि जारी युद्ध अन्त्य गर्न रुससँग वार्ता गर्न आग्रह गरेका थिए ।
उनले युक्रेनलाई ‘सेतो झण्डा फहराउने साहस गर्नुपर्ने’ सुझाव दिएका थिए । अन्तर्राष्ट्रिय रूपमा सेतो झण्डालाई युद्धविराम वा वार्ता वा आत्मसमर्पण गर्न इच्छुक भएको सङ्केत मानिन्छ।
पोपको अपिलको जवाफ दिँदै युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाले देशको नीलो र पहेँलो झण्डा बाहेक अरू कुनै झण्डा कहिल्यै फहराउन नसकिने बताए। युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले पनि पोपको भनाइलाई अस्वीकार गरेका छन् । भ्याटिकनका लागि युक्रेनका राजदूतले पोपको भनाइलाई दोस्रो विश्वयुद्धको समयमा हिटलरसँग वार्ताको वकालत गर्नेहरूसँग तुलना गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण