पोप फ्रान्सिसको भनाइबाट युक्रेन आक्रोशित
सोमबार, २८ फागुन २०८०, ०७ : ५९

कीएभ । युक्रेनले पोप फ्रान्सिसको अपिल अस्वीकार गरेको छ। पोपले युक्रेनलाई विगत दुई वर्षदेखि जारी युद्ध अन्त्य गर्न रुससँग वार्ता गर्न आग्रह गरेका थिए ।
उनले युक्रेनलाई ‘सेतो झण्डा फहराउने साहस गर्नुपर्ने’ सुझाव दिएका थिए । अन्तर्राष्ट्रिय रूपमा सेतो झण्डालाई युद्धविराम वा वार्ता वा आत्मसमर्पण गर्न इच्छुक भएको सङ्केत मानिन्छ।
पोपको अपिलको जवाफ दिँदै युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाले देशको नीलो र पहेँलो झण्डा बाहेक अरू कुनै झण्डा कहिल्यै फहराउन नसकिने बताए। युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले पनि पोपको भनाइलाई अस्वीकार गरेका छन् । भ्याटिकनका लागि युक्रेनका राजदूतले पोपको भनाइलाई दोस्रो विश्वयुद्धको समयमा हिटलरसँग वार्ताको वकालत गर्नेहरूसँग तुलना गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पको प्रतिक्रिया: यो दुःखद हो
-
भारतले पाकिस्तानमाथि आक्रमण गर्नुको कारण के हो ?
-
आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)
-
पाकिस्तानले भन्यो- भारतीय आक्रमणबाट तीन स्थानहरू प्रभावित
-
मध्यरातमा भारतद्वारा पाकिस्तानमा 'एयर स्ट्राइक', ९ स्थानलाई लक्षित
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप