गाजामा जारी युद्ध रोक्न प्रयास गर्ने बाइडेनको वाचा
वाशिङ्टन डीसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा जारी युद्ध रोक्न प्रयास गर्ने वाचा गरेका छन् । आइतबार विश्वभरका मुस्लिम समुदायलाई रमजानको शुभकामना दिने क्रममा उनले यस्तो वाचा गरेका हुन् ।
सन्देशमा उनले इजरायल–हमास द्वन्द्वको उल्लेख गर्दै इजरायली बन्धकहरूको रिहाइसँग सम्बन्धित सम्झौता अन्तर्गत गाजामा कम्तीमा ६ हप्ताका लागि तत्कालै युद्ध विराम गराउन अमेरिकाले काम गरिरहने बताएका थिए ।
‘हामी दिगो र दूरगामी स्थायित्व, सुरक्षा र शान्तिपूर्ण भविष्यका लागि काम गर्न जारी राख्नेछौँ । प्यालेस्टाइन र इजरायलका जनताले समान स्वतन्त्रता, मर्यादा, सुरक्षा र समृद्धिको उपभोग गर्न इजरायल र प्यालेस्टाइनबीच सहमतिमा गराउने प्रयास जारी राख्नेछौँ । यो दिगो शान्तिको एक मात्र बाटो हो ।’ बाइडेनले भनेका छन् । गाजामा स्थल, हवाई र समुद्री मार्गबाट अधिकतम मानवीय सहायता पुर्याउन अमेरिकाले अन्तर्राष्ट्रिय प्रयासलाई निरन्तरता दिने पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण