आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

डिएभी कलेजको अन्तर-कलेज फुटसल कप सम्पन्न

सोमबार, २८ फागुन २०८०, १५ : ५६
सोमबार, २८ फागुन २०८०

ललितपुर ।  ललितपुरको डिएभी कलेजले दोस्रो बि.सी.ए अन्तर–कलेज फुटसल कप फागुन २५ देखि २७ गतेसम्म सम्पन्न गरेको छ । 
डिएभी कलेजकै फुटसल ग्राउण्डमा आयोजना गरिएको उक्त टुर्नामेन्टमा काठमाण्डौँ, ललितपुर र भक्तपुर जिल्लाका बि.सी.ए. कलेज सम्बद्ध २७ टिमको सहभागीता रहेको थियो । 

टुर्नामेन्टको उद्घाटन सत्रमा राष्ट्रिय  टिमका पूर्वकप्तान राजुकाजी शाक्य, डिएभी कलेजका अध्यक्ष अनिल केडिया, डिएभी कलेजका चिफ एकेडेमीक एडभाइजर एसोसिएट प्रोफेसर मनोज कुमार चौधरी, केडिया अर्गनाइजेशनका मिडिया एण्ड कर्पोरेट हेड राजकुमार शाह एम.बि.ए. कलेजका कोर्डिनेटर श्री राजेश चौधरी  र बि.सी.ए. कलेजका प्रोग्राम कोर्डिनेटर शशि भूषण चतुर्वेदी सहभागी भई खेलाडीहरुलाई हौषला प्रदान गरेका थिए । 

उद्घाटन सत्रमा सहभागी कलेजहरुका प्रतिनिधि शिक्षक र कर्मचारीहरु समेत उपस्थित भई  खेलमा थप रौनकता  प्रदान गरेका थिए । 
बि.सी.ए. कलेजहरु बिच नेपालमै प्रथम पटक आयोजना गरिएको बि.सी.ए. कप मेन्स ईन्टरकलेज फुटसल टुर्नामेन्ट  लाई निरन्तरता दिदैँ दोस्रो संकरण आयोजना गरिएको डिएभी कलेजले जनाएको छ । यस वर्ष जनमैत्री कलेजले डिएभी बि.सी.ए. अन्तर–कलेज कप र नगद पुरस्कार एक लाख पचास हजार रूपैयाँ हात पार्‍यो । 

त्यसैगरी रनर—अप स्थान हाँसिल गर्दै सरस्वती बहुमुखी क्याम्पसले ७५ हजार रूपैयाँ सहित रनर—अप ट्रफी हात पार्‍यो । 

उक्त प्रतियोगितामा सरस्वती बहुमुखी क्याम्पसका अन्जन मगरले वेस्ट प्लेयर अर्वाड हात पारे । साथै जनमैत्री कलेजका खेलाडीद्वय सनम श्रेष्ठले वेस्ट गोलकिपर अर्वाड र निखिल ‘गोले लामाले वेस्ट स्कोर अर्वाड जित्न सफल भए । 
विजेता र उप विजेता दुवै टोलीलाई मेडल सहित मेरीट सर्टिफिकेट र गिफ्ट ह्याम्पर द्वारा समेत सम्मान गरिएको थियो । सम्मान समारोहमा अध्यक्ष अनिल केडिया, नेपाल टेलिभिजनका पूर्व अध्यक्ष सीताराम अग्रवाल लगायत कलेजका प्रतिनिधिहरुको  सहभागीता रहेको थियो ।  

टुर्नामेन्टलाई भव्य एवं सभ्य रुपमा सम्पन्न गर्न एन्फा आबद्ध रेफ्रीद्वय उज्वल लिम्बु र शुक्र राज घलेको उल्लेखनीय योगदान रहेको थियो । टुर्नामेन्ट अबधिभर सहभागी कलेजका विद्यार्थी र शिक्षकहरु गरी करिब पाँच हजार दर्शकहरुको उपस्थिति रहेको थियो । 
उक्त प्रतियोगिता वीज्जीडिएभी ईभेन्ट क्लबको आयोजना र डिएभी कलेजको सर्मथनमा संचालन गरिएको हो । टुर्नामेन्टको संचालन बिभागिय प्रमुख सुदिप अधिकारी, वीज्जीडिएभी ईभेन्ट क्लबका प्रेसीडेन्ट र दिपेश शाक्य र भाइस—प्रेसीडेन्ट रहिता  शाक्यले गरेका थिए ।

IMG_8024IMG_8028IMG_8044IMG_8062IMG_8066IMG_8080
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप