आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
सुदूरपश्चिम प्रदेश

सत्ता जोगाउन सुदूरपश्चिमका मुख्यमन्त्रीले थपे एक मन्त्री

सोमबार, २८ फागुन २०८०, १७ : ४९
सोमबार, २८ फागुन २०८०

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले मन्त्रीमण्डल विस्तार गरेका छन् । प्रदेश सरकार जोगाउने प्रयासस्वरुप मुख्यमन्त्री शाहले सोमबार नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई मन्त्री बनाएर मन्त्रीमण्डल विस्तार गरेका हुन् ।

चौधरी विना विभागीय मन्त्रीको रूपमा नियुक्त भएका हुन् । उनलाई सोमबार प्रदेश प्रमुख देवराज जोशीले शपथ खुवाएका छन् । यो सँगै सुदूरपश्चिम मन्त्रीमण्डल आठ सदस्यीय बनेको छ । 

गत शुक्रवार पनि मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीबाट ३ मन्त्री थपेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप