सुदूरपश्चिम प्रदेश
सत्ता जोगाउन सुदूरपश्चिमका मुख्यमन्त्रीले थपे एक मन्त्री
सोमबार, २८ फागुन २०८०, १७ : ४९
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले मन्त्रीमण्डल विस्तार गरेका छन् । प्रदेश सरकार जोगाउने प्रयासस्वरुप मुख्यमन्त्री शाहले सोमबार नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई मन्त्री बनाएर मन्त्रीमण्डल विस्तार गरेका हुन् ।
चौधरी विना विभागीय मन्त्रीको रूपमा नियुक्त भएका हुन् । उनलाई सोमबार प्रदेश प्रमुख देवराज जोशीले शपथ खुवाएका छन् । यो सँगै सुदूरपश्चिम मन्त्रीमण्डल आठ सदस्यीय बनेको छ ।
गत शुक्रवार पनि मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीबाट ३ मन्त्री थपेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण