सुदूरपश्चिम सरकारले विश्वासको मत पाउँछ : मुख्यमन्त्री शाह
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आफू चाँडै नै विश्वासको मत लिने र बहुमत सदस्यबाट विश्वासको मत पाउने विश्वास व्यक्त गरेका छन् ।
सोमबार नव नियुक्त विना विभागीय मन्त्री लक्ष्मण किशोर चौधरीको शपथ ग्रहण कार्यक्रमपछि सरकारबारे प्रतिक्रिया दिँदै मुख्यमन्त्री शाहले सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री शाहले केही दिनमै सरकारलाई पूर्णता दिने र आफू चाँडै प्रदेश सभाबाट विश्वासको मत पाउनेमा ढुक्क रहेको बताएका हुन् ।
यसैबिच उनले नियुक्त भएका विना विभागीय मन्त्रीहरुलाई केही दिनमै जिम्मेवारी दिने पनि बताएका छन् । यहाँको केही मन्त्रालय फुटाएर जिम्मेवारी दिने संकेत गर्दै उनले संविधानले दिएको प्रावधान अनुसार जिम्मेवारी दिइने बताएका हुन् ।
मुख्यमन्त्री शाहले भने, ‘मन्त्रालय तोड्ने फोड्ने भन्दा पनि मन्त्रीमण्डलमा थप साथीहरु सहभागी भइसकेपछि हामीले जिम्मेवारी दिने काम गर्छौ । यहाँ मन्त्री मण्डल ठुलो सानोभन्दा पनि जिम्मेवारी बाँडफाँड गर्छौ ।’
यहाँ मुख्यमन्त्रीसहित ७ वटा मन्त्रालय रहेको छ । यहाँको सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय टुक्रयाएर जिम्मेवारी दिने तयारीमा प्रदेश सरकार लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण