शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको भाउ अझै बढ्ने

सोमबार, २८ फागुन २०८०, १९ : ०८
सोमबार, २८ फागुन २०८०

काठमाडौँ । हालैका दिनमा बहुमूल्य धातु सुनको भाउले कीर्तिमानी उचाइ छोइरहेको छ । यसैबिच विश्लेषकहरुले भने सुनमा रेकर्ड तोड वृद्धि जारी रहने सक्ने बताइरहेका छन् ।

अमेरिकाले ब्याजदर कटौती गर्ने अनुमान प्रबल बनिरहँदा सुनप्रति लगानीकर्ताहरूको आकर्षण बढेको छ । वर्षको उत्तरार्द्धमा भने भाउ वृद्धिमा चाँदीले सुनलाई उछिन्न सक्ने विश्लेषक गरिएको छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औसत २ हजार १७८ डलरसम्म उक्लिएको थियो । गएको हप्ता शुक्रबार बजार बन्द हुँदा सुनको भाउले सन् १९७९ यताकै उच्च बिन्दु छोएको थियो । उक्त दिन न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको भाउ प्रतिऔसत २ हजार १ सय ९५ डलरसम्म पुगेको थियो । तर बजार बन्द हुँदा चाँहि भाउ घटेर २ हजार १७६ डलर १६ सेन्टमा आएको थियो ।

सोमबार यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार साँझ ६ः४० बजे  स्पट गोल्ड प्रतिऔसत २ हजार १७८ डलर ५५ सेन्ट कायम भएको थियो । यो अघिल्लो दिन बजार बन्द हुँदाखेरिको तुलनामा शून्य दशमलव १७ प्रतिशत कम थियो । सोही समयमा यूएस गोल्ड फयूचर्सको प्रतिऔंस शून्य दशमलव शून्य ८ प्रतिशतको कमी सहित २ हजार १७७ डलर शून्य ९ सेनटमा आएको थियो ।

अमेरिकामा केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर घटाउने अपेक्षा बढिरहँदा हालैका हप्तामा सुनको भाउ उकालो लागिरहेको छ । फेड अध्यक्ष जेरोम पावेलले बिहीबार मुद्रास्फीति केन्द्रीय बैंकले ब्याजदर घटाउन सहज हुने स्तरबाट धेरै पर नरहेको अभिव्यक्ति दिएका थिए । सुनलाई वित्तीय वा भूराजनैतिक अनिश्चयको बेलामा लगानी गर्न सुरक्षित सम्पत्ति अर्थात् सेफ हेभन एसेट मानिन्छ ।

ब्याजदर उच्च रहेको र सुनसँग विपरीत सह–सम्बन्ध मानिएको अमेरिकी डलर मजबूत भएपछि सुनको भाउ अहिले बढिरहेको छ । पछिल्लो समय ब्याजदर कटौतीको अपेक्षाले सुनको भाउ बढाइरहेको म्याक्वुरीमाम कमोडिटी रणनीति प्रमुख मार्कस गार्भेले शुक्रबार सीउनबीसीको स्ट्रिट साइन्स यूरोपमा भनेका थिए ।

निकट भविष्यमा अमेरिकाको रोजगारी र महँगीसम्बन्धी तथ्यांकले सुनको भाउलाई डोर्याउने देखिएको छ । सुनको भाउ अहिलेको स्तरबाट बढ्यो भने प्रति औसत २ हजार ३०० डलरसम्म पुग्ने गार्भेको दाबी छ । सुनको भाउ अहिलेको स्तरबाट तल झर्न थाल्यो भने प्रति औसत २ हजार १०० डलरमा टेवा पाउन सक्ने उनी बताउँछन् ।

परम्परागत रुपमा हेर्ने हो भने सुनको भाउ बढेको बेलामा अर्को बहुमूल्य धातु चाँदीको भाउ पनि बढ्ने गरेको छ । कहिले काहीँ चाँदीलाई सुनको गरिब ‘कजिन’ भनेर पनि चित्रित गर्ने गरिएको छ । यस वर्ष विश्वभरि चाँदीको माग करिब १ अर्ब २० करोड औसत पुग्ने प्रक्षेपण सिल्भर इन्ष्टिच्यूटले यो वर्षको सुरुमा गरेको थियो । यो भनेको अहिलेसम्मकै दोस्रो उच्च रेकर्ड हो । भाउ वृद्धिमा मामिलामा सन् २०२४ मा सुनले चाँदीलाई उछिन्ने गार्भेको दाबी छ । चाँदीको भाउ यो वर्ष सहजै प्रतिऔंस २४ डलरमा पुग्ने उनको भनाई छ  ।

एजेन्सीहरुको सहयोगमा 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप