पाकिस्तानको नयाँ सरकारमा परराष्ट्रमन्त्री बनेका डार को हुन् ?
इस्लामाबाद । पाकिस्तानको नयाँ सरकारद्वारा मन्त्रिपरिषद् विस्तार गरिएको छ । सोमबार शेहबाज सरिफ सरकारको १९ सदस्यीय मन्त्रिपरिषद्ले शपथ लिएको हो ।
योसँगै पाकिस्तान मुस्लिम लिग–नवाजका नेता इशाक डार देशको नयाँ विदेशमन्त्री बनेका छन् । डार यसअघि पाकिस्तानको अर्थमन्त्री पनि भइसकेका छन् । देशमा गहिरो आर्थिक सङ्कटका बिच उनलाई परराष्ट्रमन्त्री नियुक्त गरिएको हो ।
पीएमएल-एन सरकारको मुख्य सहयोगी पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)ले मन्त्रिपरिषद्को हिस्सा हुन अस्वीकार गरेको थियो। पीपीपी नेता बिलावल भुट्टो जरदारी यसअघिको शहबाज सरिफ सरकारमा विदेशमन्त्री थिए।
७३ वर्षीय डार पेसाले चार्टर्ड एकाउन्टेन्ट हुन् र निकै अनुशासित नेता हुन् । उनी नवाज सरिफका आफन्त र नजिकका साथी पनि हुन् । डार चार पटक देशको अर्थमन्त्री भइसकेका छन् ।
देशको कूटनीतिमा अर्थशास्त्रको भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यले उनलाई यो मन्त्रालय दिइएको मानिन्छ । पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग अर्को सम्झौता गर्न खोजिरहेको छ, यस्तो अवस्थामा डारको यो पदमा आउनु महत्त्वपूर्ण मानिएको छ । ।
पाकिस्तानले आर्थिक सङ्कटसँग जुध्न विदेशबाट सकेसम्म धेरै पैसा जुटाउने प्रयास गरिरहेको छ । रोयटर्ससँग कुरा गर्दै डारले भनेका थिए, ‘आर्थिक कूटनीति समयको आवश्यकता हो।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण