राष्ट्रसंघले हाइटीबाट फिर्ता बोलायो आफ्ना कुटनीतिज्ञ
काठमाडौं । क्यारेबियन देश हाइटीमा हिंसा बढेपछि अमेरिका सहित संयुक्त राष्ट्रसंघले त्यहाँ कार्यरत आफ्ना सबै कुटनीतिज्ञलाई फिर्ता बोलाएका छन् । सन् २०२० देखि गृहयुद्धको चेपटामा परेको हाइटीका प्रधानमन्त्री समेत देशमा फर्कन सकेका छैनन् ।
हिंसाका कारण सन् २०१० मा भूकम्प जाँदाको अवस्थामा जस्तै मानबीय संकट बढेको बीबीसीले जनाएको छ । हिंसाका कारण अहिलेसम्म हजारौंको मृत्यु भएको अन्तर्राष्टिय सञ्चारमाध्यमहरुले जनाएका छन् । पछिल्लो समय विद्रोही समूल प्रधानमन्त्री एरियल हेनरीले पद त्याग गर्नु पर्ने माग राख्दै आएका छन् ।
उक्त समूहले अहिलेसम्म अन्तर्राष्ट्रिय विमानस्थलसहित राजधानीकै ८० प्रतिशत बढी भूभागमा कब्जा जमाएको दाबी गरेको छ । पछिल्लो हिंसामा मृत्यु हुनेको संख्या एकिन नभए पनि अस्पतालहरुमा शव यत्रतत्र छरिएको अवस्थामा रहेको पनि बीबीसीले जनाएको छ ।
हाइटीबाट हिंसाका कारण ३ लाख ६२ हजार मानिसहरु विस्थापित भएका छन् । हतियारधारी समूहले राजधानीका पसल र घरहरुमा तोडफोड गरेपछि ७२ घण्टाका लागि आपतकालीन अवस्था (संकटकाल) लागू गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण