छायाङ्कनका लागि जनकपुर पुग्यो ‘केटी हराएको सूचना’
काठमाडौँ । अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहने फिल्म हो, ‘केटी हराएको सूचना ः मिसिङ’ । दीपेन्द्र गौचन निर्देशक रहेको फिल्म छायाङ्कनका लागि जनकपुर पुगेको छ ।
केही दिन अगाडि काठमाडौँबाट छायाङ्कन सुरु भएको फिल्म बाँकी छायाङ्कन सकाउन जनकपुर पुगेको हो । फिल्मको बाँकी छायाङ्कन जनकपुरमै हुने निर्माता नकिम उद्दिनले बताए ।
ट्राइ–सिटी पिक्चसको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा नकिम उद्दिनले निर्माण गर्न लागेका हुन् । उनले यस अगाडि ‘म्यान फ्रम काठमाण्डू’ निर्माण गरेका थिए ।
फिल्ममा सृष्टि र नाजिरको अलावा स्थानीय कलाकारको समेत अभिनय रहनेछ । ३० दिनको सेडुलसहित छायाङ्कनमा निस्किएको फिल्मको रिलिज सन् २०२४ बताइएको छ । फिल्ममा निर्माण नियन्त्रक अरुण रेग्मी हुन् ।
अमर महर्जनको छायाङ्कन रहने यस फिल्म मार्फत नाजिर र सृष्टिले पहिलो पटक जोडीको रूपमा सहकार्य गर्न लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण