सरकारले उपलब्धि हासिल नगर्नुमा कांग्रेस जिम्मेवार रहेको प्रधानमन्त्रीको अभिव्यक्ति गलत : महत
काठमाडौँ । सरकारले औसतभन्दा बढी उपलब्धि हासिल नगर्नुमा नेपाली कांग्रेस जिम्मेवार रहेको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्ति झुटो र भ्रमपूर्ण रहेको पार्टीका प्रवक्ता एवं निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । महतले मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री दाहालको सो भनाई आफ्नो पार्टीलाई दोषारोपण गर्ने गरी आएको भन्दै आपत्ति समेत जनाएका हुन् ।
उनले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन आफूहरूले तयार पारेको मार्ग चित्रले मुलुकलाई अर्थतन्त्रलाई झनै गति दिने खालको रहेको पनि बताए । प्रवक्ता महतले आफ्नो पार्टीले अघि बढाएको मुलुकको अर्थतन्त्रको मार्ग चित्र वर्तमान सरकारले छोडे मुलुकको अर्थतन्त्र फेरि अप्ठ्यारोमा पर्ने निश्चित रहेको जिकिर पनि गरे ।
उनले भने, ‘नेपाली काँग्रेसको कारणले औसत भन्दा ज्यादा उपलब्धि भएन भनेर दोषारोपण गर्नु योभन्दा गलत कुरा, झुटो कुरा, भ्रम छर्ने कुरा हुनै सक्दैन । म यो कुरा ठोकुवाका साथ भन्छु । हाम्रो उपस्थितिले अहिलेको परिस्थितिमा गुणात्मक परिवर्तन आएको हो । र हामीले जुन अर्थतन्त्रलाई अघि बढाउने मार्ग चित्र तयार गरेका छौँ । र आउने बजेटमा अझ यसलाई परिष्कृत बनाएर जाने सुधारको प्रयास छ । र त्यसलाई अझ गति दिने हाम्रो कार्ययोजना थियो । यदि त्यो बाटो छोडेर फेरि यो गैर प्राथमिकताको क्षेत्रमा जथाभाबी हाम्रो स्रोत र साधनलाई खर्च गर्ने हो भने फेरि हामी अप्ठ्यारोमा पर्ने निश्चित छ । ’
प्रवक्ता महतले प्रधानमन्त्री दाहालले आफ्नो पार्टीसँगको गठबन्धन भत्काएर जनताले निर्वाचनमा दिएको आदेशलाई समेत लत्त्याएको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण