अष्ट्रेलियामा मगनीको खुसीयाली मनाइरहँदा बेलायती युवकको मृत्यु
मङ्गलबार, २९ फागुन २०८०, १६ : १४
पर्थ । अष्ट्रेलियामा एक बेलायती युवकको मृत्यु भएको छ । मगनीको खुसीयाली मनाइरहेको बेलामा लडेपछि उनको मृत्यु भएको हो ।
२९ वर्षका लियाम ट्रिमर प्रहरी अधिकारी बन्नका लागि अष्ट्रेलिया आएका थिए ।
आइतबार पश्चिम अष्ट्रेलियास्थित घरमा सो दुर्घटना भएको बताइएको छ । लडेर घाँटीको क्यारोटिड धमनी काटिएको थियो । यो धमनी मस्तिष्कमा रगत पुर्याउने मुख्य नसा हो । आफन्त र साथीभाइहरूले उनलाई बचाउने अथक प्रयास गरे । तर कसैको केही सिप लागेन । एम्बुलेन्स आइपुग्नु केही बेर अघि उनको मृत्यु भयो ।
उनी वरिष्ठ हलवदार थिए । उनी कसरी लडे भन्नेबारे प्रहरीले थप विवरण दिएको छैन । ट्रिमर सन् २०१३ मा प्रहरीमा भर्ती हुन बेलायतबाट अष्ट्रेलिया बसाई सरेर आएका थिए ।
सन् २०१७ मा एकेडेमी तालिम पूरा गरेपछि उनी पूर्वी पर्थबाट करिब ६०० किमी पर रहेको कालगूरिल आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण