बागमती प्रदेश सभा बैठक १० मिनेट बसेर स्थगित
_zoRNOUMgTE.png)
मकवानपुर । बागमती प्रदेश सभा बैठक १० मिनेट बसेर स्थगित भएको छ । मंगलबार ३ बजेका लागि आह्वान गरिएको बैठक निर्धारित समयभन्दा एक घण्टा ढिला गरी सुरु भएको थियो ।
करिब ४ बजे सुरु भएको बैठक १० मिनेट बसेर स्थगित गरिएको हो । मंगलबारका लागि तय गरिएको कार्यसूची अनुसार बैठक सञ्चालन गरी सभामुख भुवन कुमार पाठकले स्थगित गरेका हुन् ।
बैठकमा बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको प्रतिवेदन पेस गरिएको थियो । समितिका संयोजक नेपाली कांग्रेस संसदीय दलका सचेतक गोविन्द लम्सालले संसद बैठकमा प्रतिवेदन पेस गरेका थिए । उनले पेस गरेको प्रतिवेदन माथि छलफल गरी पारित गरिनेछ भने सो अनुसार प्रदेश सरकारलाई संसदले निर्देशन दिनेछ ।
बैठकमा प्रदेश हस्तकला ग्राम स्थापना सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइएको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सो विधेयकलाई दफावार छलफलका लागि उद्योग पर्यटन तथा वातावरण समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरेका थिए । मुख्यमन्त्री जम्कट्टेलले पेस गरेको उक्त प्रस्तावलाई सभामुख पाठकले निर्णयार्थ पेस गरेका थिए । सो प्रस्ताव सर्वसम्मत स्वीकृत भएको छ ।
प्रदेशसभाको अर्को बैठक बुधवार दिउँसो ३ बजे बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब फर्म जारी रहे एमोरिमले युनाइटेड छाड्ने
-
एमाले महासचिव पोखरेलले दाबी गरेजस्तै छ त सरकारको उपलब्धि ?
-
सडकबाटो बिग्रिएपछि चौकीडाँडा–कबिलासडाँडाको प्याराग्लाइडिङ बन्द
-
बुद्ध जयन्तीका अवसरमा पनौती–नमोबुद्ध शान्ति पदयात्रा
-
सर्वोच्चमा थुप्रिँदै अदालतको अवहेलना मुद्दा
-
प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि...