बागमती प्रदेश सभा बैठक १० मिनेट बसेर स्थगित
मकवानपुर । बागमती प्रदेश सभा बैठक १० मिनेट बसेर स्थगित भएको छ । मंगलबार ३ बजेका लागि आह्वान गरिएको बैठक निर्धारित समयभन्दा एक घण्टा ढिला गरी सुरु भएको थियो ।
करिब ४ बजे सुरु भएको बैठक १० मिनेट बसेर स्थगित गरिएको हो । मंगलबारका लागि तय गरिएको कार्यसूची अनुसार बैठक सञ्चालन गरी सभामुख भुवन कुमार पाठकले स्थगित गरेका हुन् ।
बैठकमा बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको प्रतिवेदन पेस गरिएको थियो । समितिका संयोजक नेपाली कांग्रेस संसदीय दलका सचेतक गोविन्द लम्सालले संसद बैठकमा प्रतिवेदन पेस गरेका थिए । उनले पेस गरेको प्रतिवेदन माथि छलफल गरी पारित गरिनेछ भने सो अनुसार प्रदेश सरकारलाई संसदले निर्देशन दिनेछ ।
बैठकमा प्रदेश हस्तकला ग्राम स्थापना सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइएको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सो विधेयकलाई दफावार छलफलका लागि उद्योग पर्यटन तथा वातावरण समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरेका थिए । मुख्यमन्त्री जम्कट्टेलले पेस गरेको उक्त प्रस्तावलाई सभामुख पाठकले निर्णयार्थ पेस गरेका थिए । सो प्रस्ताव सर्वसम्मत स्वीकृत भएको छ ।
प्रदेशसभाको अर्को बैठक बुधवार दिउँसो ३ बजे बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थप वार्ताका लागि तेहरान पुगे पाकिस्तानी गृहमन्त्री
-
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी
-
तीन महिनामा दोस्रो पटक भारतमा घरेलु एलपीजी ग्यासको मूल्यवृद्धि
-
मलद्वारमा लुकाई ल्याएको ब्राउन सुगरसहित २ जना नियन्त्रणमा
-
फिल्म ‘पेड्डी’ विवादमा जाह्नवीको च्याट लिक
-
यौन उत्पीडनको झुटो आरोप लगाएको स्वीकार गरेपछि अभिनेत्री शिल्पा शिन्दे विवादमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण