जीवनकुमार गुरुङको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा
काठमाडौँ । १४ किलो सुन तस्करीमा संलग्न आरोपमा थुनामा रहेका जीवनकुमार गुरुङमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । गोरखा बारपाक घर भएका ४५ वर्षीय चन्द्र घलेले दुबईबाट ल्याएको १४ किलो सुनमा गुरुङको ‘कनेक्सन’ देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेर उनलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयको जिम्मा लगाएको थियो ।
गुरुङ डिल्लीबजारमा संचालित प्लाटिनम कलेजका प्रमुख कार्यकारी अधिकृत हुन् । उनीमाथिको अनुसन्धान प्रतिवेदन रायका लागि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा पठाइएको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मणिराम पौडेलले रातोपाटीलाई बताए ।
विमानस्थल भन्सार कार्यालयका अनुसन्धान अधिकृतहरुले मीन बहादुर घले र र जीवनकुमार गुरुङको सिडीआर ‘कल डिटेल्स रेकर्ड’ विश्लेष गरेका छन् । ४ महिनाको सिडिआर विश्लेषण गर्दा गुरुङ र मीनको बिचमा सबैभन्दा धेरै सम्पर्क देखिएको छ ।
मंसिर २१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोन एरियाबाट विमानस्थल भन्सार कार्यालयको टोलीले १४ किलो सुन बरामद गरेको थियो । भरिया चन्द्र घलेले ‘मीन घलेको लागी काम गरेको हुँ’ भनेपछि मीनलाई पनि प्रहरीले पक्राउ गरेको थियो । १४ केजी सुनको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले यसअघि नै अदालतमा मुद्दा दायर गरेको छ । तर, क्याम्पस संचालक गुरुङ विरुद्ध भन्सार कार्यालयले पूरक प्रतिवेदन पेस गरेको छ । प्रमुख भन्सार अधिकृत मणिराम पौडेल भन्छन्,‘सरकारी वकिल कार्यालयले यसअघि नै थप अनुसन्धान गरेर पूरक प्रतिवेदन लैजान अनुमति दिएको छ, उहाँको हकमा पूरक मुद्दा अदालतमा जान्छ ।’
चन्द्र घले पक्राउ परेपछि फरार भएका गुरुङ १४ फागुनमा सामाखुसीबाट पक्राउ परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण