आर्सनल च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश
काठमाडौँ । इंग्लिस क्लब आर्सनल युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको राउन्ड अफ सिक्सटीनको दोस्रो लेगमा पोर्चुगिज क्लब पोर्टोलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनाउन सफल भएको हो ।
पहिलो लेगमा १–० गोल अन्तरले विजयी भएको पोर्टोले दोस्रो लेगमा भने आर्सनल १–० ले विजयी भयो । आर्सनलको जितसँगै दुवै टोलीले एक एक गोलेको बराबरी गरेपछि अतिरिक्त ३० मिनेटमा थप गोल नहुँदा अन्तिम आठमा पुग्ने टोलीको छिनोफानो गर्न पेनाल्टीको सहारा लिनु परेको थियो ।
निर्धारित समयको ४१ औँ मिनेटमा लिएन्ड्रो ट्रोसार्डले गरेको एक मात्र गोल नै आर्सनललाई पेनाल्टी सम्म पुग्न पर्याप्त भएको थियो । पेनाल्टी सूटआउटमा आसर्नल ४–२ ले विजयी भयो । आर्सनलका लागि मार्टिन ओडेगार्ड, केइ हार्भाटेज, बकायो साका र डेक्लन राइसले गोल गरेका थिए ।
पोर्टोको लागि पेपे अक्युनो र मार्को ग्रुजीले मात्र गोल गर्दा वेन्डेल ब्रोगेस र वेन्डरसन ग्यालेनोको प्रहार खेर गएको थियो । पेनाल्टी सूटआउटमा जित निकालेपछि आर्सनल १४ वर्षपछि अन्तिम आठमा प्रवेश गर्न सफल भयो । आर्सनलले पछिल्लो पटक सन् २००९–१० को सिजनमा क्वाटरफाइनल खेलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण