मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

मलाई धोकाको आरोप केपी ओलीले लगाउँदा हुन्छ :  प्रचण्ड (भिडियो सहित)

बुधबार, ३० फागुन २०८०, ११ : ५३
बुधबार, ३० फागुन २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई केपी शर्मा ओलीले ‘धोकेवाज’को आरोप लगाउन मिल्ने बताएका छन् । बुधबार प्रतिनिधिसभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो तर्क गरेका हुन् । उनले भने, ‘धोकाको आरोप त मलाई केपी ओलीजीले लगाउन मिल्छ, एउटाले प्रधानमन्त्री बनाउने अनि छोडेर अर्कोसँग गठबन्धन गर्ने !’ 

कांग्रेसले आफूलाई धोकेवाज भनेको प्रतिवादस्वरुप प्रचण्डले यस्तो तर्क गरेका हुन् । उनले कोशीको मुख्यमन्त्रीमा एउटा समझदारी गर्ने अनि अर्कैलाई मुख्यमन्त्री बनाउने काम धोका हो कि होइन भनेर प्रश्नसमेत गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप