मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
संसद

सरकार सञ्चालनका लागि कार्यदल, आजै कार्यक्रम सार्वजनिक गर्ने

बुधबार, ३० फागुन २०८०, १२ : ०४
बुधबार, ३० फागुन २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार सञ्चालनका लागि गठबन्धन दलबिच कार्यदल गठन गरेको र कार्यदलले तयार पारेको कार्यक्रमका आधारमा सरकार सञ्चालन हुने बताएका छन् । 

बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्र्दै प्रचण्डले सरकार गठनमा सहभागी दलहरुबिच न्यूनतम साझा कार्यक्रमका लागि कार्यदल बनेको र आज बेलुकासम्म कार्यक्रम सार्वजनिक हुने जानकारी गराए । 

सोही कार्यक्रम नै सरकार सञ्चालनको मूल आधार हुने उनको भनाई छ । सुशासन, प्रभावकारी सेवा प्रवाह र समृद्धि सरकारको मूल अठोट हुने बताए । राजस्वको लक्ष्य बढाउन, पुँजीगत खर्च बढाउन र बेरुजु घटाउन नयाँ कार्यक्रम ल्याउने प्रचण्डले बताए । आर्थिक विकास सरकारको प्राथमिकता हुने बताउँदै सरकार गठनपछि पुँजी बजारमा आएको सकारात्मक संकेतलाई आफूले सरकारको जनअनुमोदनको रुपमा बुझेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप