संसद
सरकार सञ्चालनका लागि कार्यदल, आजै कार्यक्रम सार्वजनिक गर्ने
बुधबार, ३० फागुन २०८०, १२ : ०४
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार सञ्चालनका लागि गठबन्धन दलबिच कार्यदल गठन गरेको र कार्यदलले तयार पारेको कार्यक्रमका आधारमा सरकार सञ्चालन हुने बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्र्दै प्रचण्डले सरकार गठनमा सहभागी दलहरुबिच न्यूनतम साझा कार्यक्रमका लागि कार्यदल बनेको र आज बेलुकासम्म कार्यक्रम सार्वजनिक हुने जानकारी गराए ।
सोही कार्यक्रम नै सरकार सञ्चालनको मूल आधार हुने उनको भनाई छ । सुशासन, प्रभावकारी सेवा प्रवाह र समृद्धि सरकारको मूल अठोट हुने बताए । राजस्वको लक्ष्य बढाउन, पुँजीगत खर्च बढाउन र बेरुजु घटाउन नयाँ कार्यक्रम ल्याउने प्रचण्डले बताए । आर्थिक विकास सरकारको प्राथमिकता हुने बताउँदै सरकार गठनपछि पुँजी बजारमा आएको सकारात्मक संकेतलाई आफूले सरकारको जनअनुमोदनको रुपमा बुझेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण