मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
संसद

सत्तालाई सुरक्षा कवच बनाउन नयाँ गठबन्धन बन्यो : राप्रपा अध्यक्ष लिङ्देन (भिडियो सहित)

बुधबार, ३० फागुन २०८०, १३ : ५८
बुधबार, ३० फागुन २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ सत्ता गठबन्धन जनताको वर्तमान परिस्थितिलाई केन्द्रमा राखेर नबनेको बताएका छन् । प्रधानमन्त्रीले संसद्‍मा राखेको विश्वासको प्रस्तावको विपक्षमा बोल्दै सांसद लिङ्देनले सत्ताको भागबण्डा र विभिन्न काण्डबाट सुरक्षित हुन नयाँ गठबन्धन बनेको बताए । 

‘सत्तालाई आफ्नो सुरक्षा कवचको रुपमा प्रयोग गर्ने उद्देश्यद्वारा यो गठबन्धन निर्माण भएको हो । त्यसमा केही धेरै भनिराख्नुपर्दैन,’ उनी भन्छन्, ‘त्यसैले राष्ट्रिय प्रजातन्त्र पार्टी यो सत्ता केन्द्रित चलखेलमा सहभागी हुँदैन । सत्ता केन्द्रित र सत्तालाई सुरक्षा कवच बनाउने गठबन्धनलाई राप्रपाले विश्वासको मत दिँदैन ।’ 

राजनीतिमा सुधार नआइ समाज नसुर्धिने उनको भनाइ छ । ‘जबसम्म राजनीति सुर्धिदैन । तबसम्म देश सुर्धिदैन, हाम्रो समाज सुर्धिदैन,’ लिङ्देनले भने ।

अहिले समाज राजनीतिप्रति उदासीन बनेको उनले बताए  । ‘राजनीति र नेताप्रतिको विश्वास मर्दै गएको छ । नेताका प्रति जनताको सोचमा परिवर्तन भएको छैन । झन् क्षयीकरण हुँदै गएको छ,’ उनी भन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप