सत्तालाई सुरक्षा कवच बनाउन नयाँ गठबन्धन बन्यो : राप्रपा अध्यक्ष लिङ्देन (भिडियो सहित)
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ सत्ता गठबन्धन जनताको वर्तमान परिस्थितिलाई केन्द्रमा राखेर नबनेको बताएका छन् । प्रधानमन्त्रीले संसद्मा राखेको विश्वासको प्रस्तावको विपक्षमा बोल्दै सांसद लिङ्देनले सत्ताको भागबण्डा र विभिन्न काण्डबाट सुरक्षित हुन नयाँ गठबन्धन बनेको बताए ।
‘सत्तालाई आफ्नो सुरक्षा कवचको रुपमा प्रयोग गर्ने उद्देश्यद्वारा यो गठबन्धन निर्माण भएको हो । त्यसमा केही धेरै भनिराख्नुपर्दैन,’ उनी भन्छन्, ‘त्यसैले राष्ट्रिय प्रजातन्त्र पार्टी यो सत्ता केन्द्रित चलखेलमा सहभागी हुँदैन । सत्ता केन्द्रित र सत्तालाई सुरक्षा कवच बनाउने गठबन्धनलाई राप्रपाले विश्वासको मत दिँदैन ।’
राजनीतिमा सुधार नआइ समाज नसुर्धिने उनको भनाइ छ । ‘जबसम्म राजनीति सुर्धिदैन । तबसम्म देश सुर्धिदैन, हाम्रो समाज सुर्धिदैन,’ लिङ्देनले भने ।
अहिले समाज राजनीतिप्रति उदासीन बनेको उनले बताए । ‘राजनीति र नेताप्रतिको विश्वास मर्दै गएको छ । नेताका प्रति जनताको सोचमा परिवर्तन भएको छैन । झन् क्षयीकरण हुँदै गएको छ,’ उनी भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण