सहयात्री फेर्दै सरकार लम्ब्याउने ‘विचित्रको विडम्बना’ : राजकिशोर यादव
काठमाडौँ । जसपा नेपालका नेता तथा प्रतिनिधिसभा सदस्य राजकिशोर यादवले सहयात्रीहरु फेरिने तर प्रधानमन्त्रीले विश्वासको मत पाइरहने अवस्थालाई ‘विचित्रको विडम्बना’ संज्ञा दिएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले प्रधानमन्त्री प्रचण्डले सहयात्रीहरु फेरेर आफ्नो शासन सत्ता लम्ब्याइरहेको जिकिर गरे । उनले विश्वासमा सहयात्री दलहरुका कारण सरकार ढल्ने गरेको उदाहरण दिँदै नेपालमा भने प्रधानमन्त्रीले नै सहयात्रीहरु फेरेर सरकारलाई लम्ब्याउने गरेको प्रस्ट पारे ।
उनले प्रधानमन्त्री प्रचण्डको स्वभाव ‘धेरै प्रयोग गरिरहने नेता’का रुपमा रहेको पनि बताए । तर कहिलेकाहीँ धेरै प्रयोग गर्दा ‘इनफ इज इनफ’ हुन सक्नेतर्फ पनि उनले सचेत गराए । यादवले महाभारतकालको एउटा प्रसङ्ग सुनाउँदै भने, ‘आयु लामो भएर हुँदैन । जति बाँच्छ, त्यो कालमा उसले कसरी बाँच्यो भन्ने महत्त्वपूर्ण हुन्छ ।’
उनले विश्वासको मत माग्दै गर्दा प्रचण्डको मुहारमा यसअघिका पटकमा जस्तो ओज अहिले देख्न नपाइएको पनि प्रस्ट पारे । ‘गणपूरक संख्या पुगेको छ, बहुमत पुगेको छ, यसमा दुई मत छैन,’ उनले भने, ‘तर जनतामा पार्टीहरु, नेताहरुमाथि विश्वासको खडेरी छ ।’
उनले नेपाली जनतामा राजनीतिक चेतना बढेर गएको बताए । ‘चार पाँच जनाले राजनीतिलाई सिन्डिकेट गरिरहनु भएको छ,’ उनले भने, ‘यो भविष्यका लागि राम्रो होइन ।’ उनले प्रधानमन्त्रीलाई लक्षित गर्दै भने, ‘तपाईंले गरेको प्रतिबद्धता अनुसार हामी आफ्नो भाग खोज्छौँ, हामी हिसाब खोज्ने छौँ, त्यतिबेला अप्रिय पनि हुन सक्छ ।’ तत्कालका लागि आफूहरुले सरकारलाई समर्थन गर्ने र विश्वासको मत पनि दिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण