बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिक्रान्तिलाई सबै मिलेर परास्त गर्नुपर्छ : सांसद सुवेदी

बुधबार, ३० फागुन २०८०, १५ : २१
बुधबार, ३० फागुन २०८०

काठमाडौँ । राष्ट्रियसभा नेकपा (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले प्रतिक्रान्तिलाई सबै मिलेर परास्त गर्नुपर्ने बताएका छन् ।  

बुधबारको राष्ट्रिय सभा बैठकमा उनले अहिले प्रतिक्रान्तिका झिल्काहरु देखिरहेको भन्दै ती झिल्काहरुको विरुद्धमा सबै एकजुट हुन जरुरी रहेको बताए । उनले सरकारमा रहनु वा नरहने कुरा महत्त्वपूर्ण नभएको बताए । उनले अहिलेको महत्त्वपूर्ण कुरा भनेको संविधानको रक्षा रहेको बताए ।

उनले भने, ‘यो प्रतिक्रान्तिलाई सबै मिलेर परास्त गर्नुपर्छ । प्रतिक्रान्तिका झिल्काहरु देखापरिरहेका छन् । यसको विरुद्धमा हामी एकजुट हुन जरुरी छ । सरकारमा कहिले को हुन्छ, कहिले को हुन्छ ? ३० वर्षसम्म पञ्चायती शासनमा उनै सरकारमा थिए । ०४६ पछि अहिलेसम्म अहिलेका मुख्य पार्टीहरु सरकारमा छन् । सरकार अदलबदल भइरहन्छ । यो ठुलो र प्रमुख कुरा होइन । प्रमुख कुरा भनेको संविधानको रक्षा हो ।’

सुवेदीले नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्षले सभाको गरिमा उच्च बनाउने कुरामा आफू विश्वस्त रहेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप