प्रतिक्रान्तिलाई सबै मिलेर परास्त गर्नुपर्छ : सांसद सुवेदी
काठमाडौँ । राष्ट्रियसभा नेकपा (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले प्रतिक्रान्तिलाई सबै मिलेर परास्त गर्नुपर्ने बताएका छन् ।
बुधबारको राष्ट्रिय सभा बैठकमा उनले अहिले प्रतिक्रान्तिका झिल्काहरु देखिरहेको भन्दै ती झिल्काहरुको विरुद्धमा सबै एकजुट हुन जरुरी रहेको बताए । उनले सरकारमा रहनु वा नरहने कुरा महत्त्वपूर्ण नभएको बताए । उनले अहिलेको महत्त्वपूर्ण कुरा भनेको संविधानको रक्षा रहेको बताए ।
उनले भने, ‘यो प्रतिक्रान्तिलाई सबै मिलेर परास्त गर्नुपर्छ । प्रतिक्रान्तिका झिल्काहरु देखापरिरहेका छन् । यसको विरुद्धमा हामी एकजुट हुन जरुरी छ । सरकारमा कहिले को हुन्छ, कहिले को हुन्छ ? ३० वर्षसम्म पञ्चायती शासनमा उनै सरकारमा थिए । ०४६ पछि अहिलेसम्म अहिलेका मुख्य पार्टीहरु सरकारमा छन् । सरकार अदलबदल भइरहन्छ । यो ठुलो र प्रमुख कुरा होइन । प्रमुख कुरा भनेको संविधानको रक्षा हो ।’
सुवेदीले नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्षले सभाको गरिमा उच्च बनाउने कुरामा आफू विश्वस्त रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण