पोखरीमा डुबेर बालिकाको मृत्यु
बुधबार, ३० फागुन २०८०, १५ : ४५
महोत्तरी । जलेश्वर नगरपालिका–३ मलिवारामा आज दिउँसो पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय मङ्गल पाण्डेकी छोरी दुई वर्षीय रुचि पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले बताए ।
आफ्नै घर अगाडि खेल्दै गरेकी बालिका घरभन्दा ५० मिटरको दुरीमा रहेको बरका पोखरीमा नुहाउन पुगेको र सोही पोखरीमा उनको डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ ।
मृतक बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केप भर्डेले अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्कायो
-
पहिलो हाफमा मेस्सीको गोलले अर्जेन्टिना अगाडि
-
मेस्सीले हाने गोल, केप भर्डेविरुद्ध अर्जेन्टिनाको अग्रता
-
राष्ट्रिय वाणिज्य बैङ्कद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत
-
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा
-
अर्जेन्टिना र केप भर्डेबिचको खेल सुरु, मेस्सीमाथि सबैको नजर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण