इटहरी उपमहानगरले निजी स्कुलसँग माग्यो शिक्षकको नियुक्ति र पारिश्रमिक विवरण
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले निजी विद्यालयमा कार्यरत शिक्षकहरूको शैक्षिक विवरण, नियुक्ति र पारिश्रमिक विवरण पेश गर्न पत्राचार गरेको छ।
बुधबार उपमहानगरले निजी विद्यालयमा कार्यरत कर्मचारी तथा शिक्षकहरूको नियुक्त्ती पत्र, अध्यापन अनुमति पत्र, प्रअ नियुक्तिपत्र र शैक्षिक योग्यता लगायतका कागजपत्र ७ दिनभित्र उपमहानगरमा बुझाउन स्कुलहरूलाई पत्राचार गरेको हो।
निजी स्कुलहरूले आफ्नो स्कुलमा कार्यरत शिक्षकहरूलाई नियुक्तिपत्र नदिएको र सरकारले तोकेको पारिश्रमिक समेत नदिएको गुनासो बढेको भन्दै पत्राचार गरेको जनाएको छ। शिक्षा युवा तथा खेलकुद शाखाले ७ दिनभित्र विवरण उपलब्ध गराउन पत्राचार गरेको हो। शिक्षक र शिक्षिकाहरूलाई अनिवार्य सरकारले तोकेको मापदण्ड अनुसार तलब दिनुपर्ने र बुझाएको विवरण समेत माग गरिएको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख द्रोर्णप्रसाद दाहालले बताए।
उनका अनुसार नियुक्तिपत्रदेखि कर्मचारी तथा तहगत शिक्षकको पारिश्रमिक विवरण समेत माग गरिएको छ। गएको माघ २५ मा इटहरी उपमहानगरले भादगाउँले टोपीसहितको पोशाक अनिवार्य गर्ने, एकपटक भर्ना शुल्क लिएपछि फेरि लिन नपाइने, स्कुल हातामा शैक्षिक सामग्री किनबेचमा रोक लगाउने निर्णय गरेको थियो।
सो निर्णयविरूद्ध प्याब्सन अदालत गएको थियो। अदालतले उपमहानगरलाई त्यसको कारण लिखित रूपमा पेश गर्न आदेश दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण