मेस्सी र सुवारेज चम्किँदा मियामी अन्तिम ८ मा
मियामी । नासभिललाई हराउँदै इन्टर मियामी कोनकाकाफ च्याम्पियन्स कपको अन्तिम आठमा प्रवेश गरेको छ । लियोनेल मेस्सी र लुइस सुवारेजले गोल र एसिस्ट गर्दा टोली दोस्रो लेगमा ३–१ र समग्रमा ५–३ गोलले विजयी बनेको हो ।
खेलको सुरुवातमा नै मेस्सीको पासमा लुइस सुवारेजले गोल गर्दै टोलीलाई अग्रता दिलाए । २३ औँ मिनेटमा मेस्सीले टोलीको अग्रता दोब्बर बनाए । दोस्रो हाफको ६३ औँ मिनेटमा रोबर्ट टेलरले ३७ वर्षीय सुवारेजको पासमा गोल गर्दै टोलीलाई ३–० को फराकिलो अग्रता दिलाए ।
इन्जुरी समयमा साम स्टरिजले नासभिलका लागि गोल फर्काए पनि त्यो सान्त्वना गोलमात्र बन्न पुग्यो । आइतबार एफसी मोन्ट्रेयालसँग २–३ गोलले पराजित मियामीले यो खेलमा उत्कृष्ट पुनरागमन गर्न सफल भयो । खेलमा मात्र ४९ मिनेट खेलेका मेस्सीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
अब टोलीले च्याम्पियन्स कपको अन्तिम आठमा एफसी सिन्सिनाटी र सीएफ मोन्टेरेबिचको विजेतासँग खेल्नेछ । उता लिगमा टोलीले डीसी युनाइटेडसँग भिड्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण