उपभोक्ता ठग्ने व्यापारिक फर्मलाई १ लाख रुपैयाँ जरिवाना
बिहीबार, ०१ चैत २०८०, १२ : १३
काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता ठग्ने व्यापारिक फर्मलाई १ लाख रुपैयाँ जरिवाना गरेको छ ।
बजार अनुगमनका क्रममा रविभवनको एउटा पसलले दर्ता प्रमाणपत्र र मूल्यसूची नराखेरै बिक्रीवितरण गरेको पाइएपछि वरिवाना गरिएको विभागका प्रवक्ता आनन्द पोखरेलले जानकारी दिए ।
विभागले बुधबार उपत्यकाका १२ स्थानमा बजार अनुगमन गरेको थियो । त्यसक्रममा एउटालाई मात्रै आर्थिक जरिवाना गरिएको र थप ४ पसललाई ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको उनको भनाइ छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण